MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

फोन नलाग्दै पैसा काटिन्छ, टेलिकमलाई जानकारी छैन

बझाङ, फागुन २ – फोन नलाग्दै नेपाल टेलिकमको प्रिपेड र पोस्पेड सेवामा पैसा काटिने समस्या देखिएको छ । बझाङ टेलिकमका कर्मचारीहरुले भने यसबारेमा जानकारी नभएको बताएका छन् । 

‘मोवाइलमा १ सय ९३ रुपैयाँ व्यालेन्स थियो । एक जना आफन्तको मोवाइलमा फोन गर्न चार पाँच पटक प्रयास गरेँ तर फोन लागेन तर केही छिनमा व्यालेन्स चेक गर्दा ४३ रुपैयाँ मात्र बाँकी रहेछ’ एक सेवाग्राही रमानन्द जोशीले बताउनु भयो, ‘फेरी फोन गर्ने प्रयास गरेँ तर फोन लागेन । एक पटक प्रयास गर्दा फेरी पनि १२ रुपैयाँ काटियो । एक पटकको मात्र कतिबेला १२ रुपैयाँ कतिबेला १४ रुपैयाँका दरले काट्दो रहेछ ।’  

सोमबार बझाङमा नेपाल टेलिकमका ग्राहकहरु धेरैको यसरी पैसा काटिएको छ । ललित सिंहले भन्नुभयो, ‘एक सय व्यालेन्स हालेर ७÷८ पटक फोन गर्ने प्रयास गरँे फोन लागेन । व्यालेन्स हेर्दा त ३१ पैसा मात्र बाँकी रहेछ ।’

यसरी कुराकानीविनै टेलिकमले पैसा काट्न थालेपछि मानिसहरु फोन गर्न डराउन थालेका छन् । टेलिकमले काटेको पैसा फिर्ता हुने नहुनेमा स्वयं टेलिकमका कर्मचारी पनि अन्यौलमा छन् । 

नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिकमको केन्द्रिय सर्भरमा नै समस्या आएका कारण यस्तो भएको बताउनुभएको छ । ‘माथीकै समस्या हो सिंहले भन्नुभयो, ‘बनाउने प्रयास भैरहेको छ भन्ने जानकारी आएको छ ।’ 

कुराकानी नै नभइ काटिएको पैसा फिर्ता हुने नहुने बारे आफूलाई थाहा नभएको बताउँदै उहाँले भन्नुभयो, ‘यस विषयमा हामीलाई जानकारी हुँदैन ।’ नेटवर्क राम्रो नभएको बेला फोन नचलाउनु नै राम्रो हुने उहाँले सेवा ग्राहीहरुलाई सुझाव दिनु भयो ।

थ्रिजी सेवामा पनि समस्या 

सोमबार थ्रिजी सेवामा पनि समस्या भएको सेवा ग्राहीहरुले बताएका छन् । छोटो समयमा नै धेरै पैसा काट्न थालेपछि नेपाल टेलिकम शाखा कार्यलय बझाङमा फोन गर्ने सेवा ग्राहीहरु बढेको टेलिकमका एक कर्मचारीले बताए ।

नेपाल टेलिकमको थ्रिजी सेवा लिइरहेकाहरुले पनि इन्टरनेट राम्रोसँग नचल्ने तर छोटो समय चलाए पनि धेरै रकम काटिने गरेको गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया