MENU

विज्ञान प्रविधि

Ncell Axiata

प्रशान्त महासागरमा प्रतिबन्धित रसायन

फागुन ३ – प्रतिबन्धित रसायन प्रशान्त महासागरमा फेला परेको छ । सन् १९७० को दशकमा प्रतिबन्ध लगाइएको रसायन प्रशान्त महासागरको गहिराइमा भेटिएको एक अध्ययनले देखाएको छ । प्रशान्त महासागरको निकै तल समुद्री पारिस्थितिक प्रणालीमा ठूलो मात्रामा पोलिक्लोरिनेटेड बाइफेनलस् (पिसिबी) तथा पोलिब्रोमिनेटेड डाइफेनल इथर (पिबिडिइ) सहितका प्रतिबन्धित रसायन भेटिएको वैज्ञानिकले बताएका छन् । बीसौं शताब्दीमा उच्च मात्रमा प्रयोग भएका यि रसायन विषालु रहेको भन्दै प्रतिबन्ध लगाइएको थियो ।

यि रसायन विषालु रहेको र वातावरण विकास हुने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको थियो । तर प्रशान्त महासागरको गहिराइमा ठूलो मात्रामा यि रसायन भेटिएको नेचर इकोलोजी एण्ड इभोलुसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रशान्त महासागरको तल्लो सतहमा ठूलो मात्रामा विषालु रसायनसहितको जलीय लेउ फेला परेको अनुसन्धानमा संलग्न न्युक्यासल विश्वविद्यालयका डा. एलन जेमिसनले बताउनुभयो । पिसिबी र पिबिडिइलाई मुख्य गरी इलेक्ट्रिकल इन्सुलेटर तथा फ्लेम रेटार्डन्टस्को रुपमा प्रयोग गरिन्छ । अमेरिकाले सन् १९७९ मा पिसिबीको उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया