MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

एनसेलले ल्यायो फेसबुक फ्रि अफर

काठमाडौं, फागुन ३ – एनसेलले नयाँ अफर योजना अन्तर्गत फेसबुक फ्रि अफर ल्याएको छ । मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने एनसेलले जनाएको छ । 

‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो ।

के के छ फ्रि ?

फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

फेसबुकसँगको सहकार्य

‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि फेसबुक निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाइ र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पुर्याउनेछ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभयो । 

पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए ।

‘एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पुर्‍याउने विश्वास छ’ नाइग्रेनले भन्नुभयो । 

फेसबुक फ्रि अफर यहि बुधबारबाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ । ‘फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । जस्तै ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्नेछ’ एनसेलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया