MENU

अन्तर्राष्ट्रिय

USAID

उत्तर कोरियाका नेता किम जोङ्ग–उनका दाइको हत्या

फागुन ४ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइको मलेसियामा हत्या भएको छ । उत्तर कोरियाका नेता किम जोङ्ग–उनका सौतेनी दाइ किम जोङ्ग–नामको मलेसियाको राजधानी क्वालालम्पुरको विमानस्थलमा आक्रमण गरी हत्या गरिएको हो । सोमबार विमानस्थलमा मकाउ जानका लागि विमान पर्खिरहेका रहेका बेला किम जोङ्ग–नामलाई एक महिलाले आक्रमण गरी हत्या गरेको बिबिसीले जनाएको छ । किम जोङ्ग–नामले त्यसबेला अर्कै नामको पासपोर्ट प्रयोग गरेका थिए । किम जोङ्ग–इलका जेठा छोरा जोङ्ग–नाम बुवाको निधनपछि भाइले सत्ता लिएर आफूले नपाएपछि देश बाहिर बस्दै आएको मानिन्छ । उनी धेरै समय उत्तर कोरियाबाट बाहिर बस्दै आएका थिए । यसैबिच अमेरिकाले किम जोङ्ग–नामको हत्यामा उत्तर कोरियाकै संलग्नता गरेको दाबी गरेको छ । तर जोङ्ग–नामको हत्या कसरी भयो भन्ने बारेमा अमेरिकी अधिकारी अझै अनुसन्धानमै रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया