MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भारतमा वायु प्रदुषण बढ्दै, चीनको जस्तै अवस्थामा पुग्न लाग्यो

फागुन ४ – भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको र चीनको जस्तै अवस्थामा पुग्न लागेको एक अध्ययनले देखाएको छ । अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदुषणका कारण भारतको हावा विषाक्त बन्दै गएको छ । यही विषालु हावा तथा प्रदुषणका कारण भारतमा हरेक वर्ष १० लाख भन्दा धेरै मानिसको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हावामा रहेका सुक्ष्म कण सबैभन्दा खतरनाक रहेको अनुसन्धानकर्ताले जनाएका छन् । हावामा रहेको सुक्ष्म कणका कारण श्वासप्रश्वास सम्बन्धी रोग तथा फोक्सोको क्यान्सर हुने गरेको छ । प्रदुषणका कारण ज्यान गुमाउनेमा धेरैमा श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर देखिएको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निकालेको प्रतिवेदनमा भारतमा प्रदुषण स्वास्थ्यका लागि निकै ठूलो चुनौती बन्दै गएको र धेरैको यही कारण ज्यान गएको उल्लेख थियो । तर अहिले आएको हेल्थ इफेक्ट्सको प्रतिवेदनमा डब्लुएचओले बताए भन्दा धेरैको ज्यान प्रदुषणका कारण गएको उल्लेख छ । यसले समस्या थप जटिल बन्दै गएको देखिने सरोकारवालाले बताएका छन् । भारतमा वायु प्रदुषणको अवस्था झण्डै चीनमा जस्तै बन्दै गएको हेल्थ इफेक्ट्सले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया