MENU

साहित्य/ कला

रहस्यमयी पर्पलको कथा फागुन तेस्रो हप्ता सार्वजनिक हुने

काठमाडौं, फागुन ४ – युवाको जीवन भोगाइ, सोच, खोज, चिन्तन र प्रेम विषयमा लेखिएको मिलन सङ्ग्रौलाको पहिलो उपन्यास पर्पला फागुन तेस्रो हप्ता सार्वजनिक हुनेभएको छ । नेपाली साहित्यमा युवा केन्द्रित विषयवस्तुमा कलम चलाइरहेका सङ्ग्रौलाले युवायुवतीको कलेज जीवन, त्यस बखत युवायुवतीमा देखिने प्रेमाकर्षण र त्यसबाट तत्कालीन जीवनमा पर्ने प्रभाव र पारिवारिक तथा सामाजिक मूल्यमान्यतालाई उपन्यासमा उतारेका छन् । मोफसलबाट काठमाडौं आई आधुनिक समाजसँग पौठेजोरी खेल्दै प्रेममा पर्ने बबिन, स्कूलकी सहपाठीसँगको आकर्षणमा जीवन आहूति दिन पछि नपर्ने दिव्य र रहस्यमयी पात्रा पर्पलाबिचको त्रिकोणात्मक प्रेमलाई उपन्यासको विषय बनाइएको छ ।

उपन्यासमा युवाबिचको प्रेम, यथार्थ र सामाजिक मनोविज्ञानलाई मिहीनरुपमा प्रयोग गर्ने कोशिस गरेको लेखक सङ्ग्रौलाले बताउनुभयो । सङ्ग्रौलाले तीन वर्ष लगाएर लेखेको उपन्यास पर्पलालाई बुक–हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।

पर्पलाको विषयवस्तु र चित्ताकर्षक लेखाइ–शैलीका कारण यो उपन्यास युवा मात्रै होइन, जुनसुकै उमेरवयका पाठकले पनि मन पराउनेमा आफू आशावादी रहेको बुक–हिलका प्रबन्धक पवन आचार्यले बताउनुभयो । २६४ पृष्ठको उपन्यासको मूल्य ३१५ रुपैयाँ राखिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया