MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

उत्तर प्रदेश विधानसभा चुनाव : सपा र भाजपालाई प्रतिष्ठा जोगाउने चुनौती

फागुन ४ – भारत उत्तर प्रदेशमा विधानसभा चुनाव अन्तर्गत बुधबार दोस्रो चरणको मतदान भइरहेको छ । दोस्रो चरणको चुनाव अन्तर्गत बुधबार ६७ सिटका लागि मतदान भइरहेको हो । सात चरणमा हुने चुनाव अन्तर्गत पहिलो चरणमा गएको शनिबार उत्तर प्रदेशका ४ सय ३ विधानसभा सिट मध्ये ७३ सिटका लागि मतदान भएको थियो । बुधबार मतदान भइरहेका ६७ मध्ये ३४ सिट अहिले समाजवादी पार्टी तथा तीन सिट कांग्रेससँग छ । यस्तै १८ सिटी बहुजन समाज पार्टी र १० सिट भाजपासँग छ ।

यसपटक अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र कांग्रेस मिलेर चुनाव लडेका छन् । यस्तै भारतीय जनता पार्टी र बहुनजन समाज पार्टी पनि प्रतिस्पर्धामा रहेकाले यो चुनावलाई समाजवादी–कांग्रेस गठबन्धन, भाजपा र बहुजन समाज पार्टीबिचको त्रिकोणात्मक प्रतिस्पर्धाका रुपमा लिइएको छ ।बुधबार मतदान भइरहेका क्षेत्रमा समाजवादी पार्टी र भाजपालाई प्रतिष्ठा जोगाउने चुनौती छ । उत्तर प्रदेशको चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा पनि हेरिएको छ । यो चुनावलाई पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउनेसहितका प्रधानमन्त्री मोदीको निर्णयको परीक्षणको रुपमा पनि हेरिएको छ । सन् २०१४ मा भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशका ८० मध्ये ७३ सिट जितेको थियो । तर विधानसभा चुनावमा बिजेपीको प्रदर्शन राम्रो नहुने विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया