MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

 

डा. बिष्णु पहारी-

केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

मिर्गौला रोगको सीघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महंगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मिर्गौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु अनिवार्य छ ।

संचारमाध्यमहरुको सक्रियता र विभिन्न सचेतना कार्यक्रमहरुका कारण बढ्दो जनचेतनास्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

पछिल्ला दिनहरुमा मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा गएर फर्किएका नेपालीहरुको संख्यापनि ठूलो छ ।

खाडीका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने र त्यस अनुसार पर्याप्त पानी नपिएका कारण धेरै नेपालीहरुको मिर्गौला फेल हुने गरेको छ । त्यसमाथि खाडीका देशहरुमा हरियो सागसब्जी भन्दा माछा मासु तुलनात्मक रुपमा सस्तो हुनेभएकाले नेपालीहरुले खानामा अत्यधिक माछामासु प्रयोग गर्ने गरेकाले पनि मिर्गौलामा समस्या देखिने गरेको पाइएको छ ।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को विकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मिर्गौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

संसारभर १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन् । यस तथ्याङ्कलाईको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखी १३ प्रतिशत करिब २७ लाख मानिसमा मिर्गौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

(डा.पहरी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेफ्रोलोजी कन्सल्ट्यान्ट हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

  • थरिथरीका समाचार चोर ! नियमन र कारबाही कसले गर्ने ?

    म पत्रकारिताको विद्यार्थी । पत्रकारिता पढ्न मैले सात वर्ष खर्चिसकेको छु । मैले सात वर्षमा सिकेका कुरालाई तिखार्ने थालेको रुपमा उज्यालो रेडियो नेटवर्क पाएको छु ।

  • मुसाले टोक्यो, के गर्ने ? के रेबिज रोग लाग्छ ?

    मुसाले टोके स्ट्रेप्तोब्यसिलरी र स्पाईरिलम गरी दुइ प्रकारका ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुन सक्छ । यी ब्याक्टेरियाहरु संक्रमित मुसाले टोके वा चिथरे मात्र पनि मानिसमा सर्न सक्छ । यसलाई समग्रमा र्याट बाइट फिवर भनेर बुझ्ने गरिन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया