MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

भारतले गर्‍यो एकै पटकमा १०४ उपग्रहको प्रक्षेपण, रुसलाई पछि पार्‍यो

फागुन ४ – भारतले एकैपटक एक सय चार वटा उपग्रहको प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले एकै पटक एक सय चार वटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो ।

कुनै पनि देशले अन्तरिक्ष अभियान अन्तर्गत एकै पटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलो पटक हो । यसअघि सन् २०१४ मा रुसले एकै पटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान बनाएको थियो ।

तर भारतले रुसलाई पछि पारेको छ । इसरोले प्रक्षेपण गरेका एक सय चार उपग्रह मध्ये तीन वटा भारतका हुन् । बाँकी एक सय एक वटा इजरायल, काजकस्तान, नेदरल्याण्ड, स्विट्जरल्याण्ड र अमेरिकाका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया