MENU

विज्ञान प्रविधि

Ncell Axiata

डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे

फागुन ४ – वैज्ञानिकले डाइनोसर, गोही तथा चराले सोझै बच्च नै जन्माउने गरेको गरेको पहिले प्रमाण फेला परेका छन् । पहिले अण्डा पारेर त्यसबाट बच्चा कोरल्ने प्रजातिका डाइनोसर, गोही तथा चराले सोझै बच्चा नै जन्माउने गरेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् । पहिले सोझै बच्चा जन्माउने गरेको यि प्रजातिमा के कारण त्यो क्रम रोकियो भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान गरिहेका छन् । केही जैविक सुरक्षाका कारण ति प्रजातिले अण्डा पारेपछि मात्रै बच्चा कोरल्ने क्रम सुरु भएको हुन सक्ने वैज्ञानिकको भनाई छ ।

२४ करोड ५० लाख वर्ष पहिलेको लामो घाँटी भएको समुद्री सरिसृप प्राजितको अध्ययनबाट डाइनोसर, गोही तथा चराले पनि पहिले सिधै बच्चा जन्माउने गरेको तथ्य फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । चीनमा भेटिएको परेको समुद्री सरिसृपको जीवाश्मबाट भ्रुण फेला परेको वैज्ञानिकले बताएका छन् । जीवाश्मको अध्ययनबाट त्यो जनावर तीनदेखि चार मिटर लामो रहेको र त्यसको घाँटी मात्रै १ दशमलव ७ मिटर लामो रहेको खुलेको नेचर कम्युनिकेशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका लेखक जुन लिउले बताउनुभयो । जीवाश्मका भेटिएको भ्रुण झण्डै आधा मिटर लामो रहेको र त्यस भित्र पूर्णरुपमा विकास भएको उसको सन्तानको जीवाश्म भेटिएको उहाँले बताउनुभयो । यसले अहिले अण्डाबाट बच्चा कोरल्ने सबै प्रजातिको प्राजित प्रजनन् प्रणालीका बारेमा थाहा पाउन सकिने वैज्ञानिकले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया