MENU

समाज

USAID

पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

 

काठमाडौं, फागुन ४ – यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा मुलुकको अर्बौं लगानी खेर जाने भएकाले सरकारसँग यस्तो माग गरिएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । 

फागुन १७ गतेदेखि यातायात व्यवस्था विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले व्यवसायीका मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो । 

यसअघि महासङ्घले फागुन २ गते उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि ज्ञापनपत्र बुझाई यस्तै माग गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया