MENU

समाज

Ncell Axiata
sagun

आविष्कार केन्द्रका लागि आफूले पाएको पदक बेच्दै महावीर पुन

काठमाडौं, फागुन ४ – महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदक बिक्री गर्नुहुनेभएको छ ।  

पुनले बुधबार फेसबुकमार्फत आफूले पाएका दुईवटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क गर्न आव्हान गर्नुभएको हो । 

ती पदक बिक्रीमा राखेर सम्मान दिने संस्था तथा नेपाल सरकारको अपमान गर्न नखोजेको भन्दै उहाँले ती पदकको उपयोग सहि कामका लागि गर्न लागेको स्पष्ट पार्नुभएको छ । पदक बिक्रीबाट आएको सबै रकम राष्ट्रिय आविष्कार केन्द्रमा जाने उहाँले बताउनुभएको छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया