MENU

अन्तर्राष्ट्रिय

USAID

पाकिस्तानः आत्मघाती बम आक्रमण, सात जनाको मृत्यु

फागुन ५ – पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा कम्तिमा सात जनाको ज्यान गएको छ । अन्य केही घाइते भएका छन् । मोहमन्द आदीबासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच जनाको ज्यान गएको बिबिसीले जनाएको छ । ज्यान जानेमा तीन जना प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् । तालिबानसँग सम्बन्धित जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै पेशावर शहरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । आक्रमणमा परि न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्रीको ज्यान गएको हो ।

गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । पाकिस्तानमा पछिल्लो समय आत्मघाती बम आक्रमणका घटना बढ्दै गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया