MENU

समाज

Ncell Axiata

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह

काठमाडौं, फागुन ५ – बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ । 

युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग बुधबार भएको भेटवार्तामा मन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही समययतादेखि नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउँदै आएको छ । 

यस्तो मापदण्ड नेपाली उडानमा अब पूरा भएकाले प्रतिबन्ध फुकुवा गर्न मन्त्री डा. महतले गरेको अनुरोधको जवाफमा मोगरिनीले यस प्रावधानको पुनरावलोकन गरी हेर्ने र आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

भेटका क्रममा मन्त्री डा. महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा मोगरिनीले संविधान सभामार्फत निर्मित संविधानप्रति युरोपियन युनियनको समर्थन रहेको भन्दै कार्यान्वयनका लागि पनि शुभकामना दिनुभयो । 

उहाँले नेपालले आगामी केही समयभित्रै सम्पन्न गर्न लागेको निर्वाचनका लागि सफलताको कामना गर्दै निर्वाचनका लागि आवश्यक कुनै सहयोगका लागि नेपाल सरकारबाट अनुरोध भएमा त्यसमा सघाउन युनियन तत्पर छ भन्नुभयो ।

त्यसैगरी भेटका क्रममा मन्त्री डा. महतले नेपालको विविध क्षेत्रको विकासमा युरोपियन युनियनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । साथै नेपालमा भूकम्पपछिको पुननिर्माणका साथै पूर्वाधार निर्माणका क्षेत्रमा थप सहयोगको आग्रह गर्नुभयो । त्यस्तै उहाँले युरोपियन लगानी बैँकमार्फत नेपालमा ठूला आयोजनाहरुका साथै पूर्वाधारका क्षेत्रमा लगानीका लागि युरोपियन युनियनलाई आग्रह गर्नुभयो । 

त्यस अवसरमा युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहूँच लगायत थप सहुलियतका लागि पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री डा. महतले युरोपियन युनियनको विदेशमन्त्रीको रुपमा कार्यरत मोगरिनीलाई नेपाल भ्रमणका लागि पनि आग्रह गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मानवीय कारणले सर्प लोप हुँदै

    चितवन, साउन १३ – वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ ।

  • राप्रपा तत्काल सरकारमा नजाने

    काठमाडौं, साउन १३ – राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ ।

  • चितुवाको सुकुटी र हड्डीसहित एक जना पक्राउ

    दोलखा, साउन १३ – दोलखा प्रहरीले विभिन्न वन्यजन्तुको अखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ । भिमेश्वर नगरपालिका–९ का बमबहादुर श्रेष्ठलाई अखेटोपहारसहित पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक प्रेम सागर केसीले जानकारी दिनुभयो ।

  • लुटपाटमा संलग्न पाकिस्तानी महिला इटहरीबाट पक्राउ

    सुनसरी, साउन १३ – लुटपाटमा संलग्न रहेको आरोपमा पाकिस्तानी महिलालाई प्रहरीले पक्राउ गरेको छ । व्यटीपार्लर व्यसाय गर्दै आउनुभएकी रिना खवासको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले इटहरबिाट शुक्रबार पाकिस्तानी महिलालाई पक्राउ गरेको हो ।

  • फेरि आमरण अनशन बस्दै अस्थायी शिक्षक

    काठमाडौं, साउन १३ – शिक्षा मन्त्रालय र अस्थायी शिक्षक संघर्ष समितिबिच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनः आमरण अनशन थाल्ने भएका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया