MENU

समाज

Ncell Axiata
sagun

​रसुवामा ४५८ जनालाई सीपमुलक तालिम

रसुवा, फागुन ५ – घरेलु तथा साना उद्योग विकास समिति रसुवाले रसुवाका ४ सय भन्दा बढीलाई सीपमुलक तालिम दिएको छ ।

भूकम्प प्रभावितका लागि विशेष तालिम कार्यक्रम अन्तर्गत समितिले २२ महिनामा ४ सय ५८ जनालाई सिकर्मी, डकर्मी, हाउस वायरिङ र प्लम्विङ तालिम दिएको हो ।

भूकम्पले भत्किएका घर पुनर्निमार्णका लागि विभिन्न साझेदार संस्थासँगको समन्यमा जिल्लाको सम्पूर्ण गाविस समेटर तालिम प्रदान गरिएको समितिले जनाएको छ ।

तालिम लिएकाहरुलाई सामग्रीको अभावका कारण काम नरोकियोस भनेर आवश्यक प्रविधि समेत प्रदान गरिएको छ ।

समितिले सञ्चालन गरेको हरेक तालिम ४५ दिने भएकोे वरिष्ठ उद्योग विकास अधिकृत खगेन्द्र नेपालले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया