MENU

समाज

Ncell Axiata

डोटीका एचआइभी संक्रमित महिला जीविकोपार्जनका काममा

डोटी, फागुन ५ – डोटीका एचआइभी संक्रमित महिला पछिल्लो समय सक्रिय भएर जीविकोपार्जनको काममा लागेका छन् । विभिन्न संघसंस्थाको सहयोगमा एचआइभी संक्रमित महिला जीविकोपार्जनको काममा लागेका हुन् ।

श्रीमानबाट एचआइभी संक्रमति भएकी डौड–५ गांखेतकी सरस्वती मलासीलाई पछिल्लो समय जीविकोपार्जनमा सहजता भएको छ ।

युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल डोटीले सञ्चालन गरिरहेको एकीकृत दीगो जीविकोपार्जन कार्यक्रम अन्तर्गत सरस्वतीलाई २० हजार बराबरको तीन वटा बाख्रा वितरण गरेपछि उहाँलाई जीवन निर्वाहमा सजिलो भएको हो ।

तीन वर्ष पहिले ग्रामीण विकास केन्द्रले गठन गरेको गोलेश्वर कृषक समूहमा सदस्य समेत रहेकी सरस्वतीले संस्थाबाट पाएको २० हजार रकममा १ हजार आफूले थपेर तीन वटा बाख्रा किनेको बताउनुभयो ।

अहिले उहाँसँग ६ वटा बाख्रा छन् । उहाँले योबिचमा ३२ हजार ५ सयका बोका तथा बाख्रा बेच्नुभएको छ । अहिले घर व्यवहार चलाउन निकै सहज भएको उहाँले बताउनुभयो ।

डोटीमा सयौंको संख्यामा एचआइभी संक्रमित छन् । एचआइभीको क्षेत्रमा काम गर्ने संघसंस्थाको तथ्यांक अनुसार सुदूरपश्चिमका कैलाली, अछामपछि डोटी जिल्ला एचआइभी संक्रमितको संख्या बढी छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया