MENU

समाज

USAID

अब यी २० गाउँमा सीप नभएका युवा र ठगी गर्ने दलाल पाइन्नन्

रीतु थेबे/उज्यालो ।

धनुषा, फागुन ५ — सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र धनुषाले आउँदो हप्तादेखि माचीझिटकैया गाविस र क्षीरेश्वर नगरपालिका–५ महेन्द्रनगरका युवालाई विदेशमा काम लाग्ने किसिमका तालिम दिने भएको छ । सीपयुक्त ठगीमुक्त गाउँ अभियान अन्तर्गत सूचना केन्द्रले रोजगारीका लागि विदेश जान उमेर पुगेका युवालाई तीन महिनाको तालिम दिन लागेको हो । महेन्द्रनगरमा सेक्युरिटी गार्ड र माचीझिटकैयामा वेल्डिङको तालिम दिन लागिएको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक राम कुमार कर्णले जानकारी दिनुभयो । 

यसअघि सिनरजोडा गाविस र जनकपुर उपमहानगरपालिका १७ लोहनामा इलेक्ट्रिसियन र प्लम्बिङका लागि तीन महिने तालिमको आयोजना गरिएको थियो । व्यावसायीक सीप विकास तालिम केन्द्रको सहयोगमा आयोजना गरिएको तालिमबाट सिनरजोडामा २७ र लोहनामा २५ जनाले सीप सिकेका छन् । 

अभियान सञ्चालन गरिएका २० स्थान 

सूचना केन्द्रले २०७३ मंसिरमा धनुषाका २० स्थानलाई सीपयुक्त ठगीमुक्त गाउँ घोषणा गरेको थियो । घोषणा गरिएका मध्ये १० वटा गाविस र १० वटा नगरपालिकाका वडाहरु रहेका छन् । यदुकुहा, धवौली, माचीझिटकैया, दुबरकोट हथलेवटा, एकराही, अन्दुपटी कटरैत, पुष्पवलपुर, सिनुरजोडा, घोडघास र नगराइन गाविसमा अभियान सञ्चालन गरिएको हो । 

त्यस्तै जनकपुर वडा नम्बर १३ पिडारी, वडा नम्बर २१ कुर्था, वडा नम्बर २४ बसहिया, वडा नम्बर २० देवपुरा रुपैठा, वडा नम्बर १७ लोहनामा अभियान सञ्चालन गरिएको छ । क्षीरेश्वर नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर र वडा नम्बर ७ हरिहरमा तथा मिथिला नगरपालिका वडा नम्बर ४ केमलीपुर र वडा नम्बर ६ बेंगाडाबरमा पनि अभियान सञ्चालन गरिएको छ । त्यस्तै धनुषाकै गणेशमान चारनाथ नगरपालिकाको गोदारमा अभियानमा सञ्चालन गरिएको छ । 

सबै ठाउँमा तालिम र जानकारीमूलक कार्यक्रम गरिने 

गाविस तथा वडाका सचिव, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिसँग अन्तरक्रिया गरेर अन्य स्थानमा पनि तालिम र जानकारीमूलक कार्यक्रम गरिने सूचना केन्द्रका कार्यक्रम संयोजक कर्णले जानकारी दिनुभयो । महिला तथा बालबालिका कार्यालय, व्यवसायीक सीप विकास तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गरिने छ । 

अभियान प्रभावकारी बनाउन २० वटै स्थानमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र इकाइ समिती गठन गरिएको छ । अभियान अन्र्तगत इकाइ समिती र सूचना केन्द्रको अगुवाईमा विभिन्न कार्यक्रम गरेर युवालाई वैदेशिक रोजगारीबारे जानकरी गराउने कार्यक्रम रहेको छ । विदेशको रोजगारीमा जाने प्रक्रिया, सुरक्षित रुपमा कसरी विदेश जाने, विदेशमा सारोगारो पर्दा के गर्ने भन्ने जानकारी दिन ‘महल्लाबोल’ र्‍याली समेत गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया