MENU

समाज

Ncell Axiata
sagun

डाक्टर नहुँदा तल्लो स्वराडका बासिन्दा समस्यामा

बैतडी, फागुन ५ – बैतडीको तल्लो स्वराड मेलौलीमा डाक्टर नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । २०५७ सालमा तल्लोसोराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म डाक्टरको दरबन्दी पूर्ति नहुँदा त्यस क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् ।

२०६८ सालमा एकजना करारका डाक्टरले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा सेवा दिए पनि त्यसपछि डाक्टरले छोड्दा अहिले डाक्टरको पद रिक्त रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १५ वर्ष बितिसक्दा समेत तल्लासोराड बासिन्दाले डाक्टरको सेवा पाउन सकेका छैनन् ।

मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि डाक्टर नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी,उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दी अनुसार डाक्टर नहुँदा दैनिक रुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया