MENU

समाज

Ncell Axiata
USAID

गाउँलेको लगानीमा दुईवटा काठे पुल

सोलुखुम्बु, फागुन ५ – सोलुखुम्बुको गुदेल–५ का बासिन्दाले आफ्नै लगानीमा दुईवटा काठे पुल बनाएका छन् । अरुण भ्याल्ली पर्यटकीय पदमार्ग अन्तर्गत सानाम र तिउको बिचमा रहेको खेप्सुवा खोलामा ८ मिटर लामो पुल स्थानीय बासिन्दाले आफ्नै लगानीमा निर्माण गरेको निम्चोलका छिरिङ शेर्पाले बताउनुभयो ।

त्यस्तै निन्चोला र तिउको बिचमा रहेको ओम खोलामा पनि ७ मिटर लामो पुल निर्माण गरिएको शेर्पा टोल सुधार समितिका अध्यक्ष ङिमा शेर्पाले बताउनुभयो ।

सानाम, निम्चोला र तिउका ३२ घरधुरीबाट प्रतिघर दुई हजारका दरले उठाएको रकमले काठ कटानको काम र पुलमा कर्मी ज्याला दिएको तथा बाँकी सबै श्रमदान गरी दुईवटै पुल निर्माणको काम सम्पन्न भएको स्थानीय ङिमतेम्बा शेर्पाले बताउनुभयो ।

खेप्सुवा खोला र ओम खोलामा पुल नहुँदा गाउँलेले अस्थायी पुल बनाएर जोमिपूर्ण यात्रा गर्दै आएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया