MENU

समाज

USAID

जाजरकोटमा कुपोषणका कारण एक बालकको मृत्यु

जाजरकोट, फागुन ५ – कुपोषणका कारण जाजरकोटमा एक बालकको ज्यान गएको छ । पजारु–९ का १४ महिनाका अनेगत नेपालीको कुपोषणका कारण बुधबार ज्यान गएको पजारु स्वास्थ्य चौकीका अहेब प्रेमबहादुर शाहीले बताउनुभयो ।

बालकको तौल जम्मा पाँच किलो थियो । हिरा नेपाली र कर्णबहादुर नेपालीका पहिलो सन्तान अनेगतको उपचारका लागि रकम जुटाउने क्रम चलिरहेको थियो । रकम जुटाएर सदरमुकाम खलंगा लैजाने तयारी गरिरहेका बेला बालकको ज्यान गएको हो ।

कुपोषणका कारण बिरामी भएका बालकलाई धामी, झाँक्रीलाई देखाउँदा समयमा उपचार हुन सकेको थिएन । जाजरकोटमा कम उमेरमा हुने विवाह र कम उमेरमै बच्चा जन्मिने, उचित आहारविहारको कमी लगायतले बालबालिकामा कुपोषणको समस्या देखिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया