MENU

समाज

Ncell Axiata
USAID

​जुम्लामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

नेत्र शाही/उज्यालो । 

जुम्ला, फागुन ५ – जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जुम्लाबाट नेपालगञ्जका लागि छुटेको ना ६ ख ९३७२ नम्बरको मालबहाक मिनी ट्रक बड्की–२ कोटिलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । अन्य एक जना घाइते भएका छन् । चार जना चढेको मिनी ट्रक नाग्म–गमगडी राजमार्गको सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको मैनापोखर–८ का तिर्थराम थारु, मुगुको कालै–४ का रंगबहादुर शाही र गंगा शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया