MENU

समाज

Ncell Axiata
USAID

प्राविधिक शिक्षा : बोली खाने की गरी खाने !

भक्तपुर, फागुन ५ – प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा सम्बन्धित क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् । 

प्राविधिक शिक्षा तथा ब्यासायिक तालिम परिषद् (सीटीईभीटीले) बिहीबार आयोजना गरेको परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा बिज्ञहरुले प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा’ को रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले प्राविधिक शिक्षाले विकट कर्णाली जिल्लाको मुहार फेर्न थालेको भन्दै यसले मुलुकको विकासलाई नै ठूलो टेवा पुर्याउने बताउनुभयो । स्रोत साधन न्युन भएपनि प्राविधिक शिक्षाको विकासमा एउटै चिन्तन भएका सबै एकै ठाउँमा बसेर भावी कार्यदिशा निर्धारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले गुणस्तर बृद्धि, पूर्वाधार विकास, समयानुकुल पाठ्यक्रम परिमार्जन गर्न परिषद लागिरहेको बताउँदै प्राविधिक शिक्षामा सरकारको लगानी अपुग रहेको बताउनुभयो । प्राविधिक शिक्षाले समुदायलाई पनि लाभ प्रदान गर्न सक्नुपर्नेमा जोड दिंदै उहाँले बिस्तारै सबैले यसको महत्व बुझ्न थालेको बताउनुभयो ।

कार्यक्रममा सीटीईभीटीका निर्देशकहरु महेश भट्टराई, पुष्पा वाग्ले, दिपक पौडेल, टेकबहादुर मल्ल लगायतले पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिÔाप्रति युवा पुस्ता आकर्षण बढ्दै गएको बताउँदै त्यसै भएर पनि सीपयुक्त नेपाल, सम्बृद्ध जनता भन्ने नारा सीटीईभीटीले अघि सारेको बताउनुभयो ।

कार्यक्रममा टीआईटीआईका प्रशासन प्रमुख तथा कार्यक्रम संयोजक प्रमोद आचार्यले सीटीईभीटीले ७३ जिल्लाका ७६ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । 

प्राविधिक शिक्षा कार्यक्रम संचालनमा रहेका सामुदायिक विद्यालयले स्थानीय आवश्यकता अनुसार थप स्वीकृति लिई २२ वटा कार्यक्रम संचालन गरेको आचार्यले बताउनुभयो । यसैगरी निजी रुपमा सामुदायिक विद्यालयले पनि विभिन्न जिल्लाका ६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गरिरहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत एघारौं परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा देशभरका ५३ जिल्लाका विद्यालयमा कार्यरत प्राचार्य र प्रतिनिधि सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया