MENU

साहित्य/ कला

Ncell Axiata
USAID

सिर्जना संवाद : काडमाण्डू सेल्फी एक आत्मचित्र

काठमाडौं, फागुन ५ – साहित्यकार प्रकाश सायमीको कृति ‘काठमाण्डू सेल्फी’ माथिको पाठकीय चर्चा कार्यक्रम बिहीबार काठमाडौंमा भएको छ ।

काठमाडौं सार्वजनिक पुस्तकलायको आयोजना तथा साहित्यकार डा. सनतकुमार वस्तीको संयोजनमा सुरु भएको ‘सिर्जना संवाद’ कार्यक्रमको दोस्रो अंकमा नेपाली कला, साहित्य तथा सिनेमा र त्यससँग जोडिएका विभिन्न विषय र घटनाका विषयमा लेखिएको पुस्तक ‘काठमाण्डू सेल्फी’ माथि चर्चा भएको हो । कार्यक्रममा सहभागीले पुस्तकका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । सँस्कृतिकर्मी चेतन कार्कीले काठमाण्डू सेल्फीमा लेखकले नेपाली साहित्य, कला, संगीत र सिनेमा मात्रै नभएर विश्व साहित्यका विभिन्न व्यक्ति र विषयका बारेमा लेखेकाले यो पुस्तक संग्रहणीय बनेको बताउनुभयो ।

कथाकार माया ठकुरीले लेखकको लेखन शैलीबाट आफू निकै प्रभावित भएको र पुस्तकबाट धेरै कुराका बारेमा जानकारी पाएको बताउनुभयो । उहाँले यो पुस्तक आफूले अरु धेरैलाई पनि उपहार स्वरुप दिएको बताउनुभयो ।

गीतकार सुवासचन्द्र ढुंगेलले कुनै पनि पुस्तक पठनीय बन्नका लागि पुस्तकमा भएका विषयवस्तु बान्की मिलेको हुनु पर्ने र काठमाण्डू सेल्फी ठाँचा मिलेको पुस्तक रहेको बताउनुभयो ।

गायक संगीतकार शैलेश सिंहले आफू लेखकलाई नजिकबाट चिन्न पाउने व्यक्तिभित्र परेकोमा खुशी व्यक्त गर्दै पुस्तक साँच्चिकै कला, साहित्यको सेल्फी अर्थात आत्मचित्र बनेको बताउनुभयो ।

पुस्तकका बारेमा कवि मुरारी सिग्देल, सहित्यकार तिर्थराज वन्त, सनतकुमार वस्तीसहितका व्यक्तिले बोल्नुभएको थियो । सिर्जना संवाद कार्यक्रम हरेक महिनाको पहिलो बिहीबार हुने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया