MENU

समाज

Ncell Axiata
USAID

बाटो काट्न खोज्दा साइकलयात्रीको मृत्यु

 

चितवन, फागुन ५ – चितवनको भरतपुरमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा एकजना साइकलयात्रीको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगरबाट नारायणगढतर्फ जाँदै गरेको बा३ख २२७४ नम्बरको मिनीबसले साइकलयात्रीलाई ठक्कर दिँदा भरतपुर उपमहानगरपालिका-२१ निवासी ५२ वर्षका रामबहादुर बयलकोटीको ज्यान गएको हो । 

साइकलमा चढेर बाटो काट्ने क्रममा उनलाई बुधबार बेलुका ६ बजेतिर गाडीले भरतपुरको रिजालचोक नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने बस र त्यसको चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया