MENU

समाज

Ncell Axiata
chhaka panja

स्वास्थ्यकर्मीले विभिन्न माग राख्दै जनस्वास्थ्य कार्यालय बारामा ताला लाए

बारा, फागुन ५ – स्वास्थ्यकर्मीहरुको विभिन्न संघ संगठनहरुले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा बिहीबार तालाबन्दी गरेका छन् ।

स्वास्थ्य सेवा ऐन नौ ‘ख’ बम्मोजिम कर्मचारीको व्यवस्थापन र दरबन्दी चार्ट संशोधनको माग गर्दै उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष राम एकबाल जयसवाल, मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादव, नेपाल स्वास्थ्य प्राविधिक संघ बाराका अध्यक्ष सुरेश प्रसाद साह, नेपाल स्वासथ्यकर्मी संघ बाराका अध्यक्ष हरिओम प्रसाद, स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष कुरान अलि ठकुराइको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । 

आफूहरुको माग पूरा नभए भोलि शुक्रबारदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा समेत तालाबन्दी गरिने मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादवले बताउनु भयो । 

यसैबिच कलैयामा बिहीबार आयोजना गरिएको स्वास्थ्यकर्मीहरुको भेलाले राम एकबाल जयसवालको संयोजकत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरेको छ । समितिको प्रवक्ताको जिम्मेवारी शीवशंकर यादव र व्यवस्थापनको जिम्मेवारी कुरान अली ठकुराइलाई दिइएको छ । 

आन्दोलनका क्रममा आकस्मिक उपचार सेवा, एचआइभी, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिकको सिफारिस जस्ता सेवालाई कुनै अवरोध नगरिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया