MENU

समाज

Ncell Axiata
USAID

मध्यपहाडी लोकमार्गबारे बैतडीमा अन्यौल

बैतडी, फागुन ५ – मध्यपहाडी लोकमार्गको अन्तिम केन्द्रबिन्दु बैतडीको झुलाघाट भए पनि बैतडीमा भने काम सुरु भएको छैन । सदरमुकाम गोठालापानी नजिकै रहेको त्रिपुरादेखि झुलाघाटसम्मको १४ किलोमिटर सडक कालोपत्रे गर्नुभन्दा बाहेक अरु काम भएको छैन । 

१४ किलोमिटर कालोपत्रे बाहेकका काम हुन नसकेको ग्वाललेक निर्माण सेवाप्रालिका म्यानेजिङ डाइरेक्टर सुरेस चन्दले जानकारी दिनुभएको छ । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । 

यो लोकमार्गले मध्यपहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्ने देखिन्छ । तर बैतडीमा भने १४ किलोमिटर सडक कालोपत्रे गर्नुबाहेक अन्य काम हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन् । 

मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने नयाँ शहर पाटनमा भने सडकसञ्जाल जोडिएसँगै जग्गाको मूल्य पनि आकासिएको छ । बैतडीमा मध्यपहाडी लोकमार्गको बारेमा अन्योलता नै रहे पनि जग्गा कारोबारीहरु सक्रिय भएका छन् । 

पुरानै दशरथचन्द राजमार्गलाई नै आधार मानेर सडक फराकिलो गरेपनि सडकको बिचमा पर्ने सबै बजार हटाउनुपर्ने भएकाले झनै समस्या भएको चन्दले बताउनु भयो । मध्यपहाडी राजमार्गले गर्दा स्थानीय बासिन्दालाई घर बनाउनको लागि जग्गा पास गर्नेदेखि लिएर नापनक्साको काममा समेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया