MENU

समाज

USAID

अब बाजुरा-काठमाडौं डिलक्स बस

 

बाजुरा, फागुन ५ - बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौंका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताउनुभएको छ । 

उहाँले बाजुराका जनतालाई काठमाडौं जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताउनुभयो । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौं जान धनगढी हुँदै काठमाडौंको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ । 

मार्तडीबाट काठमाडौंको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लाका बासिन्दालाई सहज भएको यात्रु कोल्टी गाविस-८ की झोपु बुढाले बताउनुभयो । सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौंको २ हजार ८ सय रुपैयाँ भाडा कायम गरिएको बताउनुभयो । 

बिहीबार बिहान साढे ७ बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गर्नुभएको थियो । बिहीबार चारजना यात्रु काठमाडौं गएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया