MENU

समाज

USAID

म अलप हुन चाहन्छु भन्ने डोरबहादुर कहाँ छन् ?

काठमाडौं, फागुन ५ – विश्व मानवशास्त्र दिवसको अवसरमा राष्ट्रिय नाँचघर जमलमा बिहीबार मानवशास्त्री डोरबहादुर विष्टको जीवनमा आधारित वृत्तचित्र म अलप हुन चाहन्छु प्रदर्शन गरिएको छ । 

‘मान्छेको जीवन मर्दा पनि काम लाग्ने हुनुपर्छ । किन जलाउने ? किन गाड्ने ? सबैभन्दा उत्तम पाँच किलोको सामान जिउमा बाँध्ने, नदीमा हामफाल्ने । नदीमा भएका जिवले आफ्नो इच्छाअनुसार हाम्रो शरीरका विभिन्न अंगहरु खान पाउन’ यसो भन्ने मानवशास्त्री डोरबहादुर विष्ट अलप हुनुभएको दुई दशकभन्दा बढी भइसक्यो ।साच्चै उहाँले भनेजस्तै गर्नुभयो कि, फर्कनु हुन्छ डोरबहादुर विष्ट ? जुम्लाबाट बाँके जान्छु भनि २०५३ सालमा फागुनमा हिँड्नभएका विष्ट बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुगेको कुरा वृतचित्रमा उल्लेख गरिएको छ । त्यसपछि कहाँ हराए विष्ट अहिलेसम्म अत्तो पत्तो नभएको कुरालाई कारुणिक रुपमा देखाइएको छ । भारतमा जोगीको भेषमा बसेको र केही नेपालीले भेटेको भन्ने हल्ला आएसँगै खोजी गर्दा पनि फेला नपरेकाले अहिलेसम्म मानवशास्त्री विष्ट कहाँ जानुभयो पत्तो नभएको उल्लेख गरिएको छ । 

वृत्तचित्रमा नेपाललाई विश्वसामु चिनाउन विष्टले गर्नुभएका विभिन्न प्रयाससँगै नेपालका आदिवासी जनजाति, विविध संस्कृति, समुदाय चिनाउन सफल हुनुभएका विष्टको योगदानको चर्चा परिचर्चा गरिएको छ । 

विष्टले जुम्लाको विभिन्न ठाउँमा गर्नुभएको समाज सेवालाई वृतचित्रमा उतार्ने जमर्को गरिएको छ । जुम्लामा स्कुल बनाउने, अंग्रेजी सरी पनि भन्न नसक्नेलाई साधारण अंग्रेजी बोल्न सक्ने बनाएको, त्यहाँका विभिन्न जातजातिमाथि गरिएका अुनसन्धानलाई वृतचित्रमा समेटिएको छ । 

त्यस्तै भौतिक, शैक्षिक, सांस्कृतिक, सामाजिक क्षेत्रको विकास नहुनुमा ब्राह्मणवाद र भाग्यवादको निष्कर्ष निकाल्ने विष्टको सिद्धान्तलाई  वृतचित्रमा उतारिएको छ । 

नेपालको उत्तर पूर्व ताप्लेजुङको ओलाङ्चुङगोलादेखि पश्चिमको कालापानीसम्म मानवशास्त्रीय अध्ययन गरकै कारण विष्ट ल्हासाका महावाणिज्य दूत भएको कुरा उल्लेख गरिएको छ । 

२०५२ फागुनदेखि बेपत्ता हुनुभएका विष्टबारे अलप हुनुका विभिन्न कारण पनि देखाउन खोजिएको छ । परिवारका सदस्यसँग पनि बेला बेला म अलप हुन्छु, मेरा लागि तिमीहरुले केही गर्नु पर्दैन, म तिमीहरुलाई दुःख दिन्न, मान्छे मरेपछि पनि काम लाग्ने हुनुपर्छ किन जलाउनु ? किन गाड्नु ? जस्ता विष्टले बोलेका शब्दहरुलाई कारुणिक रुपमा वृतचित्रमा उतारिएको छ । विश्वका विभिन्न विश्वविद्यालयका समकालीन विद्वानहरूले विष्टका बारेमा बोलेका भनाइहरूलाई वृत्तचित्रमा समावेश गरिएको छ । 

मानवशास्त्री विष्टको पिपुल अफ नेपाल, सबै जातको साझा फूलबारी, रिपोर्ट फ्रम ह्लासा, फेटलिज्म एन्ड डेभलपमेन्ट आदि पुस्तकलाई वृतचित्रमा समावेश गरिएको छ । वृत्तचित्र म अलप हुन चाहन्छु को निर्देशन सचिन घिमिरे र गौरब केसीले गरेका हुन् । पाँच वर्ष लगाएर वृतचित्र बनाएको निर्देशक घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया