MENU

समाज

Ncell Axiata
USAID

५० किलो चरेस काण्ड : बोलेन प्रहरी, घटना शंकास्पद

विराटनगर, फागुन ५ – मोरङ प्रहरीले पछिल्लो समयमा सूचना लुकाउन थालेको छ । विभिन्न आरोपमा मानिस पक्राउ गरेर लैजाने र सूचना सार्वजनिक नगर्ने प्रहरीको नियत शंकास्पद देखिएको छ । 

बिहीबार विराटनगर बसपार्कबाट चरेससहित पक्राउ परेका पाँच जनाका बारेमा प्रहरीले कुनै पनि जानकारी दिएन । झण्डै ५० किलो चरेससहित मानिस पक्राउ गरिएको भनिए पनि प्रहरीको काम कारबाही शंकास्पद देखिएको हो । ‘चरेससहित मानिस पक्राउ गरिएको भन्ने कुरा छ,’ स्रोतले भन्यो, ‘तर सार्वजनिक गर्न नमान्नुमा प्रहरीको केही खोट देखिन्छ ।’

प्राय सबै जसो घटनामा प्रहरीले यसै गरिरहेको छ । अनुसन्धानका नाममा व्यक्ति पक्राउ गर्ने प्रहरीले आफ्नो बार्गेनिङ सकिएपछि मात्र कुरा सार्वजनिक गर्ने गरेको छ । प्रहरीको सूचना अपारदर्शीताले समस्या सिर्जना गरेको छ । ‘कुनै सूचना प्रहरीले तत्काल दिनु पर्छ,’ स्रोतले भन्यो, ‘हैन भने मानिस पक्राउ गरेर सूचनानै सार्वजनिक नगरिकन प्रहरीले राख्न पाउँदैन ।’ 

प्रहरीले पक्राउ गरिएकाहरुलाई विभिन्न यातना दिने गरेको समेत सार्वजनिक हुँदै आएको छ । अनुसन्धानका लागि कुनै व्यक्ति पक्राउ गरेमा सूचना मागकर्तालाई प्रहरीले तत्काल उपलब्ध गराउनु पर्ने हुन्छ । तर समाचार सम्प्रेषणका लागि माग गरिएको सूचना समेत प्रहरीले लुकाएको छ । 

सूचना लुकाउने प्रवृत्तिले एसपी सन्दीप भण्डारीले नेतृत्व गरेको जिल्ला प्रहरीको गतिविधिले शंका उब्जाएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले मानिस पक्राउ गरिएको जानकारी दिए पनि सबै विवरण खुलाउन मान्नु भएन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया