MENU

समाज

Ncell Axiata
USAID

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण

काठमाडौं, फागुन ५ – सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण गरेको छ । १४ जिल्लामा भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनर्निर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो । 

शिक्षा पत्रकार सञ्जालले बिहीबार आयोजना गरेको भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनर्निर्माण गरिएको बताउनुभयो । 

तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले ६ जिल्ला र एसियाली विकास बैंकले आठ जिल्लामा १ सय २ विद्यालय तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् । 

सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । 

भूकम्पबाट क्षति भएका जाइकाले २ सय ८३, एसियाली विकास बैंकको सहयोगमा १ सय ७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ । 

सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८ सय २ विद्यालय बनाउने लक्ष्य रहेको छ । दातृ निकायबाट एक खर्ब ८० अर्ब रुपैयाँ विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको उहाँले बताउनुभयो । 

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा ४ हजार ४ सय १० कक्षाकोठा बनाउने बताउनुभयो । उहाँले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७ सय ४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारले विद्यालय पुनर्निर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया