MENU

समाज

USAID

पहिले सडकमा भौंतारिने बालकले अहिले कमाउँछन् महिनामा १३ हजार

मुना श्रेष्ठ/उज्यालो

काठमाडौं, फागुन ६ – सिन्धुपाल्चोक घर भएका सुमन गिरी (नाम परिवर्तन) सानो छँदा बुबा र आमा अलग भए । त्यसपछि आमाले उनलाई मामाघर धरान लगेर राखिदिइन् । आमाले अर्कैसँग विवाह गरेपछि मामा घरमा भएका सुमनलाई हजुरबुबाले बुबाको जिम्मा लगाउन काठमाडौं ल्याईदिनुभयो । यता बुबाले पनि अर्को विवाह गरिसकेका थिए । त्यहीबाट सुरु भयो गिरीको सडक जीवन । बुबाले विद्यालय भर्ना गरिदिएपनि उनी केही समय विद्यालय जाने फेरि सडकमा नै आउने गर्न थाले । बिस्तारै उनको सडकमा नै बास हुन थाल्यो ।

सडकमा आउँदा उनको उमेर ११ वर्षको हुँदो हो । ४ वर्ष त उनले सडक जीवनलाई नै उत्तम ठाने । बिभिन्न संघसंस्थाले उद्धार गरेर पुनस्थापना केन्द्रमा लगे पनि केही समयपछि फेरि उनी सडकमै पुग्थे । तर उनमा बिस्तारै परिवर्तन आउन थाल्यो । 

त्यो बेला केन्द्रीय बालकल्याण समितिले सडक बालबालिकालाई उद्धार गर्न थालेको थियो । सुमनको पनि उद्धार भयो । यसरी उद्धार गरिएका बालबालिकालाई समितिले सीपमुलक तालिम दिन गर्छ । आफ्ना रुची अनुसार प्लम्बिङको तालिम लिएका गिरीले अहिले मासिक १३ हजार रुपैयाँ जति कमाई गर्छन् । 

‘सडकमा छँदा जस्तो घृणा सहनु पर्दैन, अहिले सबैले माया गर्छन्, अब यही पेशालाई अपनाएर अगाडि बढ्ने कोशीस गर्दैछु’ उनले भने ‘अबका दिनमा फेरि घृणा सहन सडकमा पुग्दिन ।’ 

रामेछापका सोनम शेर्पा (नाम परिवर्तन) का परिवार पनि काठमाडौंमा सुकुम्बासीको रुपमा सुकुम्बासी क्षेत्रमा बस्दै आएका थिए । सामाजिक वातावरण, पारिवारिक समस्या र अरु धेरै कारणले उनले पनि सडकलाई नै आफ्नो घर बनाए ।

सानो बालकलाई घरमा भएका सदस्यले कुनै चासो नदिने र अनि घरको वातावरण पनि सकारात्मक नहुँदा उनलाई घर भन्दा सडक प्यारो लाग्यो । २/३ पटकसम्म सँस्थामा आउँदासम्म उनको व्यवहार कठोर थियो । कसैलाई नटेर्ने, कसैले भनेको नमान्ने । 

तर विस्तारै उनमा परिवर्तन आउन थाल्यो । ‘सडकमा बस्दा गरिएका नराम्रा संगत विस्तारै छुट्दै गयो, राम्रो कुरा बुझ्न थालें’ उनले भने । केन्द्रीय बाल कल्याणले लगनखेलबाट उद्धार गर्दा उनको संगत चोरी डकैती गर्नेहरुसँग थियो । तर अहिले संगत फेरिएको छ ।

संस्थामा बस्दा सिकेको प्लम्बिङको तालिम अहिले आय आर्जन गर्ने मुख्य पेशा भएको छ । ‘दिनको ८ सय कमाउछु’ उनले भने ‘अब यसैलाई पेशा बनाएर भविष्यमा ठेकेदार बन्ने इच्छा छ ।’ उनी अहिले आफ्नै परिवारसँगै बस्ने गर्छन् । 
प्यूठानकी कमला जिसी र तनहुँकी महिमा गुरुङले पनि संथामा नै बसेर ल्याव टेक्निसियनको तालिम लिए । अहिले उनीहरु काठमाडौं उपत्यकाकै नाम चलेको अस्पतालमा प्रशिक्षार्थीको रुपमा काम गरिरहेका छन् ।

सडकबाट उद्धार गरिएका बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको पहलमा सीप मुलक तालिम दिने गरिएको छ । ‘बालबालिकालाई आत्मनिर्भर बनाई सामाजिकीकरण गर्नका लागि पनि परामर्श र तालिम आवश्यक छ’ सडक बालबालिका सम्बन्धी कार्यक्रम सहायक चित्र पौडेलले भन्नुभयो ।

‘यस्ता बालबालिकामध्ये पढ्न चाहनेलाई पढाउने र उमेर धेरै भैसकेका, पढ्न चासो नदिनेलाई उनीहरुको इच्छा अनुसार विभिन्न सीप मुलक तालिम दिने गरिएको छ’ उहाँले भन्नुभयो ।

प्लम्बिङ, ईलेक्ट्रोनिक्स, कार्पेन्टर, अटोमोबाइल, कुक ट्रेनिङ, सिलाईकटाई, वियुटिसियन तालिम लगायतका तालिम दिने गरेको पनि उहाँले जानकारी दिनुभयो । 

सरकारले सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन  मार्गदर्शन – ०७२ स्वीकृत गरेसँगै उपत्यकाबाट बालबालिकाको उद्धारसम्बन्धी  अभियान सुरु भएको थियो । गएको वैशाखदेखि माघसम्ममा ५ सय ५० जना सडक बालबालिकाको उद्धार गरिएको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया