MENU

समाज

Ncell Axiata
USAID

​चार दिनदेखि बन्द स्थानीय निकाय आजदेखि खुल्दै

काठमाडौं, फागनु ६ – चार दिनदेखि ठप्प स्थानीय निकाय शुक्रबारदेखि खुल्दै छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । 

मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो । 

चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलनमा थिए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया