MENU

समाज

Ncell Axiata
USAID

आमाले गरिन् दोस्रो बिवाह, चार जना छोराछोरीको बिचल्ली

बालकुमार शर्मा/उज्यालो ।

जाजरकोट, फागुन ६ – जाजरकोटको ढिमेमा चार जना बालबालिका बेसहारा भएका छन् ।  द्धन्दकालमा बुबाको ज्यान गएपछि आमा अर्कैसँग बिहे गरेर गएपछि चार जना बालबालिका विचल्लीमा परेका हुन् । बालबालिकाका बुबा बुद्धी विकको द्धन्द्धकालमा ज्यान गएपछि आमा रुपाले दोस्रो विवाह गरिन् । बुबाको ज्यान गएपनि आमाको सहारामा हुर्किदै आएका चार जना बालबालिका आमाले पनि छाडेर गएपछि बेसहरा भएका हुन् । 

बेसहारा हुनेमा १० वर्षीया पार्बती, ७ वर्षिया चन्द्रा, ६ वर्षिया निर्मला र ४ वर्षिय अनिल छन् । स्थायी घर डोल्पा भएका वुद्धिको द्धन्द्धकालमै ज्यान गएपछि श्रीमती रुपाले जाजरकोटमा दोस्रो विवाह गरेर गएपछि बालबालिका बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।

रुपाको माइती घर पनि जाजरकोट कै ढिमे–२ मा छ । अहिले बालबालिकाहरु मावल घर ढिमेमा बस्दै आएका छन् । मावली घरको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाको लालनपालन तथा पठनपाठनमा समस्या भएका मावलीलिे बताएका छन् । 

१० वर्षिया पार्वतीले भनिन् ‘बाबाको पहिले नै निधन भो, आमाले छोडेर गइन्, हाम्रो घर डोल्पामा कोही पनि आफन्त छैनन, हामी मावली घर आयौ तर मावलीको घरमा पनि खान लाउन समस्या छ, एकदमै नाजुक छ हाम्रो अवस्था छ । कतैबाट सहयोग भए केही हुन्थ्यो की ।’

जाजरकोटमा बालबालिका सम्बन्धी सहयोग गर्ने कार्यक्रम समेत नभएकोले ती बालबालिकाको उचित पठन पाठनमा सहयोग पुर्‍याउन नसकिएको गैह्र सरकारी संस्था महासंघका अध्यक्ष वीरवहादुर बस्नेतले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विद्यालय र स्वास्थ्यसंस्था खोई ? जताफर्के पनि उस्तै

    कक्षा ५ मा पढ्दै गरेका विद्यार्थी सातमा पुगे । भूकम्प जादाँ ८ वर्षका विद्यार्थी अहिले १० वर्षका भए । यो दुई वर्षमा दुई शैक्षिक सत्र सकिए । तर अझै पनि ९ लाख विद्यार्थी अस्थायी सिकाई केन्द्र र चर्केका भवनमा बसेर पढ्दैछन् ।

  • एजेण्टले ठगेपछि धनुषाका एक युवकको मलेसियामा बिचल्ली

    शैलेन्द्र महतो/उज्यालो । जनकपुर, वैशाख १४ – दलालले ठगेपछि केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका एक युवकको बिचल्ली भएको छ । धनुषाको दिगम्बरपुर ११ देवकोटाटोल बस्ने रामविनोद साहका २२ वर्षीय छोरा रञ्जित साह मलेसिया पुगे लगतै समस्यामा परेका हुन् ।

  • कालीकोटको रास्कोटमा गाडी पुग्यो

    कालीकोट, वैशाख १४ – कालीकोटको रास्कोटमा पहिलो पटक गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍‍याप थ्री) ले जिम्मा लिएको सान्निघाटबाट सिपखानासम्मको सडकको काम सम्पन्न भएपछि बुधबारदेखि यहाँ यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।

  • डेढ महिनादेखि हराएका दुई ताइवानी पर्यटक भेटिए

    धादिङ, वैशाख १४ – गएको फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ ।

  • फोटो पत्रकार गुरूङलाई लाइफ टाइम एचिप्मेन्ट अवार्ड

    काठमाडौं, वैशाख १४ – राष्ट्रिय फोटो पत्रकार समूहले ‘डिमी थापा लाइफ टाइम एचिप्मेन्ट अवार्ड– ०७३’ पत्रकार भीम गुरुङलाई प्रदान गरेको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया