MENU

साहित्य/ कला

‘नेपालको इतिहासमा सिन्धुलीगढी’ सार्वजनिक

काठमाडौं, फागुन ६ – तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीबारे लामो समयदेखि अनुसन्धान गर्नुभएका सागर ढकालले ‘नेपालको इतिहासमा सिन्धुगढी’ पुस्तक बजारमा ल्याउनुभएको छ ।  पुस्तकले सिन्धुलीगढीसँग सम्बन्धित तीन वटा खास कुराहरुलाई उजागर गरेको छ । पहिलो कुरा सिन्धुलीगढी क्षेत्रको बैदिककालीन अस्तित्व र धार्मिक महत्व । सिन्धुलीगढी क्षेत्र वरपर रहेको धार्मिक तथा पुरातात्विक महत्वका दुर्लभ सन्दर्भहरु पुस्तकमा प्रस्तुत गरिएको छ । 

राजा जनकको दरबारका विप्र याज्ञवल्क्यको तपोभूमि तथा सिद्घी प्राप्त गरेको सन्दर्भ तथा नेपाल एकीकरणको संगिन घडीमा सिन्धुलीगढी क्षेत्रमा पृथ्वीनारायण शाहले निर्माण गरेको भद्रकाली मन्दिरको सन्दर्भहरु पुस्तकमा समेटिएका छन् । 

सिन्धुलीगढी क्षेत्रमा मल्लकालीन समयदेखि नै भन्सारचौकी भएको र यसको आर्थिक महत्वको कारणमा विभिन्न कालखण्डका शासकहरुबिच भएको संघर्षले नेपालको इतिहासलाई स्वर्णिम पाना प्रदान गरेको आभास हुन्छ । 

पुस्तकमा नेपालको एकिकरणमा बाधा अड्चन पुर्याउने अभियानमा आएका अंग्रेजी फौजसँगको गोर्खालीहरुको यूद्घको विस्तृत विवरण उपलब्ध छ । 

गढी दरबार किन र कसरी बन्यो, को को बडाहाकिम भई आए र उनीहरुले के के काम गरे भन्ने कुरा पुस्तकमा खुलाइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एक सर्को माया

    जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया