MENU

अन्तर्राष्ट्रिय

USAID

अमेरिकी राष्ट्रपति ट्रम्पले भने – पत्रकारको बेइमानीको स्तर नियन्त्रणभन्दा बाहिर

फागुन ६ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गर्नुभएको छ । ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सरकारभित्र अराजकता देखिएको आरोप अस्वीकार गर्दै सञ्चारमाध्यमले बेइमानी गरेको आरोप लगाउनुभयो । ७६ मिनेट लामो पत्रकार सम्मेलनमा उहाँले पत्रकारको बेइमानीको स्तर नियन्त्रणभन्दा बाहिर गएको टिप्पणी पनि गर्नुभयो । मुश्लिम बहुल्यता सात देशका नागरिकमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को हप्ता संशोधित निर्णय आउने पनि उहाँले बताउनुभयो । 

आफ्नो चुनावी अभियानका क्रममा मस्कोसँगको सम्पर्कबारे सञ्चारमाध्यमले प्रसारण गरेका खबर उल्लेख गर्दै ट्रम्प आक्रामक रुपमा प्रस्तुत हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो हप्ता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको पनि दाबी गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया