MENU

राजनीति

Ncell Axiata
USAID

कांग्रेसका मन्त्री भन्छन् – चुनाव घोषणाबारे प्रधानमन्त्री आफैं अलमलमा छन्

काठमाडौं, फागुन ६ – प्रधानमन्त्री र मन्त्रीहरुले चुनावको मिति छिट्टै घोषणा हुन्छ भन्न थालेको धेरै भैसक्यो । तर त्यो छिटो कहिले चाँडो हुन्छ भन्नेमा अझै अन्योल छ । निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ १ र २१ गते चुनाव गर्न आउँदो १० गतेभित्र मिति घोषणा भैसक्नुपर्छ । त्यसैले कतिपय मन्त्रीहरुले १० गतेभित्र चुनावको मिति घोषणा भैसक्ने भन्दै भाषण गर्न थालेका छन् । तर सत्तारुढ कांग्रेसकै मन्त्रीहरुलाई १० गतेभित्र चुनावको मिति घोषणा हुन्छ भन्नेमा विश्वास छैन ।

‘जेठमा चुनाव गर्न फागुन १० गतेभित्र मिति घोषणा गर्नुपर्ने बाध्यता हो, तर अहिलेकै अवस्थामा १० गतेभित्र मिति घोषणा हुन्छ भन्नेमा आशंका छ’ कांग्रेसका एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा उज्यालो अनलाइनसँग भने, ‘प्रधानमन्त्री मधेसी मोर्चासँग सहमति नगरी मिति घोषणा गर्ने पक्षमा हुनुहुन्न र केही दिनभित्रै मोर्चासँग सहमति हुने सम्भावना पनि छैन ।’

तर केही दिनअघि तीन दलका शीर्ष नेताहरुको बैठकले सहमतिको लागि मोर्चासँग अन्तिमपटक प्रयास गर्ने र मोर्चा सहमत नभएपनि चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो । यसअनुसार सरकारले गृहकार्य अघि बढाएको र दुई चरणमा स्थानीय तहको चुनाव गर्नेगरी तयारी भैरहेको चर्चा पनि आइरहेको छ । यसबारे जिज्ञासा राख्दा ती मन्त्रीले भने, ‘मोर्चा सहमतिमा नआएपनि चुनावको मिति घोषणा गर्नुपर्छ भन्नेमा कांग्रेस सकारात्मक छ, एमालेले पनि दबाब दिइरहेको छ, तर प्रधानमन्त्री अझै अलमलमा हुनुहुन्छ ।’

उनका अनुसार मोर्चा सहमत नभईकन मिति घोषणा हुँदा चुनाव हुन गाह्रो हुने र चुनाव नभएको अवस्थामा आफूले पद छाड्नुपर्ने भएकाले प्रधानमन्त्री अलमलमा छन् । त्यसैले कुनै हालतमा मोर्चालाई सहमतिमा ल्याउन प्रधानमन्त्रीको तर्फबाट प्रयास भैरहेको छ । 

‘१० गतेभित्र नसकिए एक/दुई दिन पछि हुन्छ’

निर्वाचन आयोगले ढिलोमा ९ गतेसम्म चुनावको मिति घोषणा गरिसक्न आग्रह गरेको र १० गते संसद बैठक बोलाइएकाले त्यतिबेलासम्म निर्णय गरिसक्न सरकारलाई दबाब छ । त्यसैले १० गतेसम्ममा चुनावको मिति घोषणा हुन्छ भन्ने चर्चा चलेको हो । त्यसअघि प्रधानमन्त्रीले मधेसी मोर्चासँग छलफल गर्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री रोल्पा जानुपर्ने भएकाले शनिबार या आइतबार मोर्चासँग छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो छलफलमा मोर्चा सहमत भएन भनेपनि चुनावको मिति घोषणा हुन्छ त भन्ने जिज्ञासामा प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सकेसम्म मोर्चालाई सहमतिमा ल्याउने प्रयास हो, यदि मोर्चा सहमतिमा आएन भनेपनि मिति घोषणा गर्नुको विकल्प छैन ।’ त्यसो भए १० गतेभित्रै हुन्छ त भन्ने प्रश्नमा स्रोतले भन्यो, ‘१० गतेसम्म गर्ने तयारी हो, यदि भएन भने एक, दुई दिन पर जान सक्छ ।’

पहिलो चरणको चुनाव पहाडी जिल्लामा

जेठमा चुनाव हुनेमा अझै आशंका बाँकी रहेपनि सरकारले पहिलो चरणमा पहाडी जिल्लामा चुनाव गर्ने मनस्थिति बनाएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मिति अनुसार जेठ १ मा पहाडी जिल्लामा र त्यसपछि जेठ २१ मा तराई मधेसका जिल्लामा चुनाव गर्ने सरकारको तयारी हो ।

मधेसी मोर्चा सहमतिमा नआएपनि पहाडी जिल्लामा चुनाव गर्न गाह्रो नहुने र पहाडमा चुनाव भैसकेपछि तराई मधेसमा पनि चुनावको वातावरण बन्ने र मोर्चालाई दबाब पुग्ने सरकारको ठम्याई छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अछामका सबै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

    अछाम, फागुन १६ – अछामका ७ वटै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । विद्यार्थी संगठनहरु बिच कुरा नमिल्दा जिल्लाका तीन वटा क्याम्पसमा तालाबन्दी भएकाले जिल्लाका सबै क्याम्पसमा चुनाव अनिश्चित भएको हो ।

  • स्थानीय चुनावका लागि दल दर्ताको काम सुरु

    काठमाडौं, फागुन १६ – स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

  • राजदूतमा सिफारिस तीन जनाको नाम फिर्ता हुने

    काठमाडौं, फागुन १६– राजदूतको सिफारिसमा परेका तीन जनाको नाम सरकारले संसदीय सुनुवाई समितिमा नपठाउने भएको छ । गएको सोमबार सिफारिसमा परेका युएईका लागि आशा लामा, ओमनका लागि शर्मिला पराजुली ढकाल र कतारका लागि रमेश कोइरालाको नाम फिर्ता लिने भएको हो ।

  • ठूला क्याम्पसमा चुनाव स्थगित हुने सम्भावना

    काठमाडौं, फागुन १६ – काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा बुधबार स्ववियु चुनाव नहुने सम्भावना बढेको छ ।

  • निर्वाचन आयोग आज पनि खुल्ने, दल दर्तासहित अरु काम हुने

    काठमाडौं, फागुन १६ – आज सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोगमा काम हुने भएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम समेत हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया