MENU

राजनीति

Ncell Axiata

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, फागुन ६ – यतिबेला थवाङ आउने जोकोहीलाई पनि लाग्न सक्छ ‘जनयुद्ध’ सुरु हुँदैछ । विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्दसत्रले ‘जनयुद्ध’को स्मरण गराउँछ । थबाङ प्रवेश गर्दा स्वागतद्वार, ध्वाजा, ब्यानर, झन्डाले थबाङ सजाइएको छ । बन्दसत्र स्थल, थबाङको ठूलो गाउँ, वरिपरिका गाउँघर, गोरेटो सरसफाई गरिएको छ । थबाङको ठूलोगाउँमा राताम्मे हँसिया हथौडा चिन्ह भएको झण्डा प्रत्येक घरको धुरीमा राखिएको छ ।देशभरबाट आएका आठ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितले थबाङमा चहलपहल बढाएको छ । यस्तै विदेशबाट भाइचारा पार्टीका प्रतिनिधिको समेत सहभागिता रहेको छ । माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ कालमा देखिने माओवादी नेताहरु पनि धेरैपछि फेरि थबाङमा आएका छन् । नेता तथा कार्यकर्ताहरुलाई खाना खान छुट्टा छुट्टै भान्सा चलाइएको छ । महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई यहाँका स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।फागुन १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्ने पार्टीले जनाएको छ ।

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

थबाङमा माओवादीको बन्दसत्रले दियो ‘जनयुद्ध’ काे झल्को (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया