MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

युरोपबाट प्राविधिक ल्याएर जोडियो अत्याधुनिक अपरेशन मेसिन

काठमाडौं, फागुन ६ –  नेपालमै पहिलोपटक अत्याधुनिक अपरेशन मेसिन भित्रिएको छ । ६ करोडको लागतमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अत्याधुनिक अपरेशन मेसिन ल्याइएको हो । युरोपबाट ल्याएको मेसिन जडान गर्न युरोपबाटै प्राविधिक आएको केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।  

यो प्रविधिमार्फत अंग प्रत्यारोपण गर्दा बिरामीलाई संक्रमण हुने खतरा निकै कम हुने डाक्टर श्रेष्ठले बताउनुभयो । अब मिर्गौला र कलेजोको प्रत्यारोपणमा थप सहज हुने तथा मुटु र फोक्सोको शल्यक्रियाका लािग पनि यो प्रविधि उपयुक्त हुने उहाँले बताउनुभयो  । 

अत्याधुनिक मेसिनको  हिजो स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गर्नु भएको हो । मन्त्री थापाले विरामीको उपचार प्रभावकारी बनाउन आधुनिक प्रविधि भित्राउन सहयोग गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एनसेलले भन्यो – वितरक सम्झौता खारेज भएको छैन

    काठमाडौं, वैशाख १३ – एनसेलसँग मिलेर काम गरेका केही डिलर तथा वितरक कम्पनीले एनसेलका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको भन्दै एनसेलले त्यसको खण्डन गरेको छ ।

  • पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

    तेह्रथुम, वैशाख १३ – बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका हुन् ।

  • टेलिकममा फेसबुक रोक

    काठमाडौं, वैशाख १२ – नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np.’ डोमिनका झण्डै पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

  • प्लाष्टिक खाने किरा

    वैशाख १२ – प्लाष्टिकको झोला खाने क्याटरपिलर अर्थात पुतली तथा भुसुनाको लार्भा (किरा) प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि सहयोगी बन्ने वैज्ञानिकले बताएका छन् ।

  • आविष्कार केन्द्रले रिसर्च ल्याब खोल्ने

    काठमाडौं, वैशाख १० – राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान केन्द्र अर्थात रिसर्च ल्याब खोल्ने भएको छ । तत्कालका लागि सानै भएपनि रिसर्च ल्याब खोल्ने निर्णय गरेर घर खोज्ने काम भइरहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया