MENU

समाज

Ncell Axiata
USAID

पाठ्यपुस्तक छपाइमा जनकले नसकेको जिम्मेवारी साझालाई दिइने : शिक्षामन्त्री पौडेल

काठमाडौं, फागुन ६ – शिक्षामन्त्री धनीराम पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्न नभ्याएका पाठ्यपुस्तक मुद्रणको जिम्मेवारी साझा प्रकाशनलाई दिने तयारी भएको बताउनुभएको छ । 

आसन्न नयाँ शैक्षिक सत्रका लागि पर्याप्त पाठ्यपुस्तक मुद्रण नभएको सन्दर्भमा उहाँले राज्यकै अर्को निकाय साझा प्रकाशन र त्यसपछि निजी क्षेत्रलाई प्राथमिकता दिई जिम्मा दिने र वितरणका सम्बन्धमा पनि चाँडै नीतिगत निर्णय हुने बताउनुभयो । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले शुक्रबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री पौडेलले समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस् भन्नेतर्फ सरकार गम्भीर भएको बताउँदै पाठ्यपुस्तकको मूल्य समायोजन र क्षेत्रीयस्तरमा मुद्रणको प्रबन्धबारे गुरुयोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिनुभयो । 

आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले करिब ६० प्रतिशत मात्र उत्पादन गरेको छ । कक्षा १ देखि ५ सम्मको मुद्रण र वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । 

महासंघका अध्यक्ष हरि अर्यालले आफूहरुले जनक शिक्षासँग विगत वर्षको करिब दुई करोड रुपैयाँ बराबरको ढुवानी खर्च लिन बाँकीरहेको गुनासोसहित मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया