MENU

समाज

Ncell Axiata
USAID

सरकारी कागज किर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

बैतडी, फागुन ६ – सरकारी कागज किर्ते गरेर फरार भएको आरोपमा बैतडीको पिपलकोट माध्यमिक विद्यालय उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझालाई प्रहरीले पक्राउ गरेको छ । 

गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक रमेश ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई हिजो बिहीबार बैतडीको गोठलापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

पक्राउ परेका ओझालाई बिहीबार नै जिल्ला अदालतबाट सातदिनको म्याद थपी अनुसन्धान थालिएको समेत उहाँले बताउनुभयो । ओझालाई लागेको आरोप प्रमाणित भएमा सरकारी कागज किर्ते दस्तखत नकबजनी मुद्दा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया