MENU

समाज

USAID

मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अप्रेशन थिएटर

भक्तपुर, फागुन ६ – स्वास्थ्य मन्त्री गगन थापाले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अप्रेशन थिएटर उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले आमनागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुबिधा सम्पन्न बनाउने तयारी भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा विस्तार गर्दै नागरिकलाई स्वईच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको छ ।’

स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताउँदै उहाँले अहिलेको बजार मूल्य भन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधी पुर्याउन पहल भैरहेको बताउनुभयो ।

नेपाल मै पहिलो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा केन्द्रले ठूलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कानुनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सातवटा अंग दान दिन तथा लिन मिल्ने व्यबस्था भईसकेको चर्चा गर्दै मन्त्री थापाले त्यसका लागि आमनागरिकमा चेतना जगाउनु आवश्यक भएको औल्याउनुभयो । केन्द्रलाई स्थान अभाव भएको सन्दर्भमा नेपाल ट्रष्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री थापाले बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु समेटिएको दुईवटा अत्याधुनिक मोडुलर अप्रेशन थिएटरको स्थापनाले केन्द्र प्राविधिक रुपमा आत्मनिर्भर भएको बताउनुभयो ।

नेपालमै पहिलो पटक उच्च स्तरको मोडुलर ओ.टी.को स्थापना भएको बताउँदै डा. श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला मिलेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र केन्द्रका डा. मोहनदेब भण्डारीले केन्द्रले अंग प्रत्यारोपणसंगै अरु सेवा पनि विस्तार गर्दै लगेको बताउनुभयो । कार्यक्रममा भरतपुर तथा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपाने, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्का लगायतले अस्पतालको सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया