MENU

राजनीति

Ncell Axiata
USAID

प्रधानमन्त्रीको आरोप : संविधान कार्यान्वयन हुन नदिन केही शक्ति लागेका छन्

माधवकुमार ओली/उज्यालो । 

रोल्पा, फागुन ६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन हुन नदिन केही शक्तिहरु लागि परेको बताउनुभएको छ । उहाँले केही शक्तिका रुपमा हिजो राजा, महाराजाहरुको वरीपरी घुम्नेहरु भन्दै आरोप लगाउनुभयो ।

रोल्पाको लिबाङमा शुक्रबार प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । एक थरी संविधान कार्यान्वयन हुन नदिने चलखेलमा रहेका र अर्काे थरी संघियता लागू गर्न नदिने चलखेलमा लागेकोसमेत उहाँले बताउनुभयो ।  

हिजो राजा/महाराजाहरुको वरीपरी घुम्नेहरु अहिले संविधान कार्यान्वयन हुन नदिन लागि परेको आरोप प्रधानमन्त्रीले लगाउनुभयो । आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संविधानमा व्यवस्था रहेकाले जसरी पनि चुनाव गरी संघीयतासहितको संविधान कार्यान्वयन गर्न आफू लागिरहेको उल्लेख गर्नुभयो ।

उहाँले संघीयता मार्फत सिंह दरबारमा केन्द्रित जनताको अधिकारलाई गाउँ–गाउँमा पुर्‍याउन संविधान कार्यान्वय गर्नैपर्ने बताउनुभयो । संघीयता सहितको संविधान ल्याउनमा रोल्पाको महत्वपूर्ण भूमिका रहेकाले अब संविधान कार्यान्वयनमा पनि रोल्पाको महत्वपूर्ण भूमिका आफूले अपेक्षा गरेको बताउनुभयो । देशमा हरेक समस्या पर्दा आफू रोल्पा आउने गरेको भन्दै प्रधानमन्त्री दाहालले अहिले पनि संविधान कार्यान्वयनमा ठूलो चुनौति भएकाले आफू रोल्पा आएको बताउनुभयो । 

रोल्पाली जनताकै कारण आफू देशको प्रधानमन्त्री बन्न सफल भएकाले रोल्पाको विकासमा आफू गम्भीरताका साथ लागि रहेको पनि उहाँले बताउनुभयो । रोल्पाको विकासका लागि प्रशस्तै बजेटको व्यवस्था गरिएकोले उक्त बजेट फ्रिज नगरी पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध समेत गर्नुभयो । बजेट पूर्ण रुपमा कार्यान्वयन गरे मात्रै जनताले विकास भएको अनुभूति गर्ने भएकाले रोल्पाका राजनीतिक दल, सरकारी कार्यालय तथा सरोकारवालालाई बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।

रोल्पा जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु भएको प्रथम रोल्पा महोत्सव आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने छ । रोल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा राप्ती अञ्चलका पर्यटन क्षेत्रका चिनारीहरुको प्रस्तुतीकरण, विभिन्न साँस्कृतिक कार्यक्रम, कृषि तथा पशुपक्षीको प्रदर्शन, स्थानीय अललोबाट निर्मित कपडाको स्टल रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चुनावको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने चुनावमा मतदान गर्न मतदातालाई अनुरोध गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश नम्बर १, ५ र ७ का मतदाताका लागि बुधबारको दिन आफ्नो अधिकार उपयोग गर्ने अवसर पनि भएकाले सबैलाई मतदान गरी आफ्ना प्रतिनिधि चयन गर्न आग्रह गरेको हो ।

  • तेह्रथुममा बम पड्कियो

    तेह्रथुम, १३ असार – तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दाँगपा स्थित सिंहबाहिनी मावि मतदान केन्द्र नजिकै मंगलबार बम पड्किएको छ ।

  • ​जहाँ वडाअध्यक्ष नै जथाभावी फोहोर फ्याँक्छन्

    केही दिनअघि एक बिहान । ललितपुर महानगरपालिकाको वडा नम्बर ५ को एक टोल । भर्खरै सटर खोलेर धुपध्वाँर गरिमात्र सकेको पसल । दिनभरि धेरै सामान बेचौला र नाफा कमाउँला भन्ने सोचिरहेका पसले । अचानक पसलकै सामुन्ने फोहोरको पोको देखिन्छ ।

  • गोपीनाथ मैनालीलाई नैतिक अनुशासनभित्र राख्ने वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

  • एक दिन दुःख सहेर भएपनि चुनावमा सहभागी हुन आयोगको आग्रह

    काठमाडौं, असार १३ – निर्वाचन आयोगले बुधबार हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान गर्न आग्रह गरेको छ । विशेष पत्रकार सम्मेलनमार्फत आयोगले प्रदेश नम्बर १, ५ र ७ मा बुधबार हुने चुनावको तयारी पूरा भएको जानकारी दिँदै मतदातालाई भोट खसाल्न आग्रह गरेको हो ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया