MENU

मनोरञ्जन

USAID

कलाकारको नजरमा नेता, प्रचण्डदेखि ओलीसम्म को कस्ता ?

काठमाडौं, फागुन ६ – धिरज राई संगीतिक क्षेत्रको परिचित नाम हो । लामो समयदेखि संगीत यात्रामा सफल गायक धिरजले नेपाली राजनीतिक अवस्थालाई पनि नजिकबाट नियालेका छन् । हामीले धिरजलाई नेपालका चर्चामा आइरहने ५ नेताहरुको बारेमा सोधेका छौँ । 

पुष्पकमल दाहाल प्रचण्ड - प्रधानमन्त्री

पप गायक धिरज राईको नजरमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुशल नेतृत्व र पार्टीको जिम्मेवारीलाई बहन गर्न सक्ने छवि भएको नेतामा पर्छन् । सहि नेतृत्व गर्न सक्ने क्षमता प्रचण्डमा छ भने विभिन्न सहमति गर्ने क्रममा बहकिने र भावुक बन्ने कारणले सफल र सोचेको जस्तो बन्न नसकेको भान धिरजलाई भएको छ। राजनीतिक दलहरुसँग भएको सहमति र मागको अडानमा बस्न नसक्ने नेतामा प्रचण्ड पर्छन् । प्रचण्डमा भएको लिडरसिप र बाबुरामको बौद्धिकतामा सहकार्य गर्नुपर्ने र त्यसो गर्दा पार्टी र राजनीतिक अवस्था राम्रो हुने धिरजले प्रचण्डलाई सुझाव दिएका छन् । 

शेरबहादुर देउवा -सभापति नेपाली कांग्रेस 

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको बारेमा आफ्नो भनाई राख्दै धिरजले भने, ‘नेतामा हुनुपर्ने दृढसंकल्प देउवामा छ । नेपालका धेरै नेताहरुको राम्रो नेतृत्व गर्नसक्ने अनुभव नभएका कारण एक पछि अर्काे नेताको पक्षमा लाग्ने धेरै कार्यकर्ताहरु छन्, तर शेरबहादुरको पक्षमा भएका कार्यकर्ताले भने कहिल्यै पनि साथ छोड्दैनन् ।’ किन होला त्यस्तो ? भन्ने प्रश्न गर्दा धिरजले देउवामा कार्यकर्तालाई खुशी बनाउन सक्ने क्षमता भएको बताए । यसै कारणले पनि अहिलेसम्मको देउवाको राजनीतिक अवस्था राम्रो भएको धिरजको भनाई छ । देशमा परिआएको अवस्थामा निर्णय गर्न पछि नहट्ने नेता शेरबहादुर भएको पनि उनले बताए । 

केपी शर्मा ओली-अध्यक्ष नेकपा एमाले 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धिरजको नजरमा लामो समय पार्टीमा खर्चेका नेता हुन् । उनको एमाले प्रति लामो समयको योगदान भएको भन्दै धिरजले धेरै नेताहरु दुःख कम अनि फाईदा धेरै खाने हुन्छन्, तर ओली भने फाइदा कम र दुःख धेरै गर्ने नेता भएको बताए । लामो संगीत यात्राको क्रममा नजिकबाट नेपालको राजनीतिक अवस्थालाई नियालेका धिरजलाई ओलीले धेरै गम्भीर कुरालाई पनि हाँसोमा उडाउने बानी भने मन नपरेको बताए । यस्ता कुराले आफ्नो कर्तव्य प्रति गम्भीर नभएको हो की ! जस्तो पनि लागेको उनले खुलाए । नेपालको प्रधानमन्त्री जस्तो मुख्य जिम्मेवारीमा भएको बेलामा बोलेका कुरा हँस्यौली र ठट्यौलीमा उडाउने गर्दा नेताको महत्वकांक्षा घट्दै जाने पनि धिरजले बताए ।

माधव नेपाल नेता - नेकपा एमाले 

धिरजको नजरमा नेकपा एमालेका नेता माधव नेपाल पनि बैठकको समयमा राम्रो विषयवस्तुलाई उठान गर्ने नेतामा पर्दा रैछन् । उनको नजरमा विभिन्न पार्टी अनि विदेशी व्यक्तिहरुसँग कसरी कुराकानी गर्ने भन्ने विषयमा राजनीतिक चातुर्यता बुझेको नेतामा माधव रैछन् । अनि एउटा राजनीतिक व्यक्तिमा हुनुपर्ने कुटनीतिक विचार माधवमा रहेको पनि धिरजले बताए । उनले माधवमा व्यक्तित्व विचार अलि कम भएको होकी ! भन्ने भान भएको कुरा पनि बताए । समग्रमा माधव नेपाल धिरजको नजरमा नेतामा हुनुपर्ने गुण भएका नेतामा पर्छन् ।

बाबुराम भट्टराई  - संयोजक नयाँ शक्ति पार्टी

गायक धिरज राईको नजरमा नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई नेतृत्व गर्नसक्ने क्षमता कम भएको नेतामा पर्छन् । तर धिरजले बाबुराको बौद्धिक क्षमताको भने निकै प्रशंसा गरे । संस्था र पार्टीलाई अगाडि लैजान सक्ने क्षमता बाबुराममा अलि कम भएको धिरजले बुझेका छन् । हामीसँगको कुराकानीमा बुद्धिमानी धेरै भएको मान्छे काम गर्ने क्रममा लुलो हुने गरेको हुँदा बाबुराममा पनि त्यस्तै भएको होकी भन्ने लागेको उनले बताए । राजनीतिमा लुलो भन्दा पनि ड्यासिङ मान्छे चाहिने उनको बुझाई छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘छक्का पञ्जा’लाई वर्षकै उत्कृष्ट सिनेमा अवार्ड

    काठमाडौं, चैत १३ – डिजिटल सिनेमा नेपाल (डिसिएन) ले यो वर्षको उत्कृष्ट सिनेमा अवार्डद्वारा छक्का पञ्जालाई सम्मानित गरेको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक मल्टिप्लेक्समा सय दिन मनाउँदै १७ करोड रुपैयाँ भन्दा धेरै ग्रश कलेक्शन गरेको भन्दै उक्त अवार्ड दिइएको डिसिएनले जनाएको छ ।

  • ज्यान छउञ्जेल साथ रहन्छौँ : महजोडी

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को ज्यान छउञ्जेलसम्म सहकार्य रहिरहने कलाकार हरिवंश आचार्यले बताउनुभएको छ ।

  • दुई सन्तानकी आमा हुन् ठमेल बजारकी गायिका, ठट्टैमा भएको थियो विवाह

    काठमाडौं, चैत १० – नेपाली चलचित्र ‘लुट–२’को ‘ठमेल बजार’ र ‘पर्व’ चलचित्रको ‘कालेदाइ’ले समकालिन गीतहरुलाई ओझेलमा पारिदिए । ‘ठमेल बजार’लाई यूट्युबमा एक करोड २७ लाख ३६ हजार भन्दा धेरै पटक हेरिएको छ ।

  • भद्रगोलका जयन्तेले चामल धेरै भएर पैसा माग्ने मन बनाए

    काठमाडौं, चैत ९ – टेलिसिरियल भद्रगोलमा जयन्तेको भूमिका निभाएर चर्चित भएका कलाकार गोविन्द कोइरालालाई अब चामल नभएर पैसा माग्न मन लागेको छ ।

  • बुवाको लुगा चोरेर लगाउँछन् सलोन !

    काठमाडौं, चैत ८ – दर्शक र समय अनुसार सिनेमा बनाउने निर्देशक सोभित बस्नेत गेटअपमा निकै ध्यान दिन्छन् । अर्को अर्थमा भन्नु पर्दा उनी फेशनेबल हुन रुचाउँछन् । बजारमा चलेको नयाँ डिजाइनको लुगा उनी किनिहाल्छन् र लगाईहाल्छन् ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया