MENU

समाज

USAID

५० किलो चरेस काण्ड : पक्राउ परेका पाँच जना सार्वजनिक

विराटनगर, फागुन ६ – अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने झण्डै ५० किलो लागुपदार्थ चरेससहित पक्राउ परेका पाँच जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । 

विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४ सय ग्राम चरेससहित पक्राउ परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षका प्रतापसिंह गोले र १९ वर्षका वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो । 

उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए । काठमाडौँबाट चरेससहित बिहीबार विराटनगर आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए । 

जोगबनी भएर भारतको कोलकत्ता बिहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनु भयो । 

उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारतीय मुद्रा १४ हजार ४ सय, नेपाली मुद्रा एक हजार र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ । 

लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो ६० देखि ७० हजार र जापानमा प्रतिकिलो तीन लाखभन्दा बढी पर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराउनुभयो । 

उनीहरुमाथि शुक्रबार नै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।  यसअघि, गएको पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया