MENU

खेल

Ncell Axiata
USAID

कपुगेदराले अन्तिम बलमा चौका हानेपछि श्रीलंका विजयी

काठमाडौं, फागुन ६ – अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा श्रीलंका ५ विकेटले विजयी भएको छ । मेलबर्नमा जितका लागि पाएको १ सय ६९ रनको लक्ष्य पाहुना टोली श्रीलंकाले अन्तिम बलमा भेट्टाएको हो । 

अन्तिम बलमा एक रन चाहिएको अवस्थामा श्रीलंकाका चमरा कपुगेदराले चौका हान्दै टोलीलाई जिताए । अन्तिम ओभरको पाँचौ बलमा कपुगेदराले २ रन बटुलेका थिए । असेला गुणरत्नले ३७ बलमा ५२ र दिल्सन मुनावेराले २९ बलमा ४४ रन बनाएपछि श्रीलंकाको जितको आधार तयार भएको थियो ।  

यसअघि टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । उसका लागि ओपनर आरोन फिञ्चले ४३, मिचेल किलिंगरले ३८ रन बनाए । अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकाले ३ वटा ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया