MENU

समाज

Ncell Axiata
USAID

​सोलुको कर्णाली क्षेत्र, अब त आँगनमा नै नुन आउने भो

विवश कुलुङ/उज्यालो ।

सोलुखुम्बु, फागुन ६ – सोलुखुम्बुको पावैबाट तीन पाथी सामल बोकेर लामसाँघुसम्म नुन लिन जानु भएका पावै–६ का ७६ वर्षका काजीबहादुर गिरी अहिले निकै खुशी हुनुहुन्छ ।  पहिले नुन लिन ७ दिन खर्चनु भएका गिरीको आँगनमा नै गाडी आउन थालेपछि खुशी हुँदै भन्नुभयो ‘मैले त छोराको पालामा पनि गाडी आउला जस्तो सोचेको थिइन । तर मेरै पालामा गाडी आइपुग्यो । अब त आँगनमा नै नुन आउने भो ।’ 

पञ्चायतकालका तत्कालिन पावैका प्रधानपञ्च बलबहादुर गुरुङलाई पनि आफ्नै पालामा गाडीले दुधकोशी तर्छ भनेर सोच्नु भएको थिएन । तर अहिले दुधकोशी तरेर पावैमा गाडी पुगेपछि खुशी व्यक्त गर्नुभयो ‘जुग जमाना परिवर्तन हुँदै जाँदा कति छिटो विकास भएको । पञ्चायत, बहुदल हुँदै अहिले गणतन्त्र आएसँगै आफ्नै आँगनमा गाडी आउँदा किन खुशी नहुनु ? सोलुखुम्बुको भौगोलिक रुपमा सबैभन्दा विकट क्षेत्र ‘कर्णाली’को उपमा पाएको दुधकोशीपारी सडक सञ्जाल पुगेपछि उहाँहरु मात्र नभएर कोशीपारीका हजारौँ बासिन्दा खुशी भएका छन् । सोलुखुम्बुको दुधकोशी तरेर अति दुर्गम मानिने कोशी पारीका गाविस पावैमा बिहीबार पहिलोपटक गाडी पुगेपछि कोशीपारीका बासिन्दाले वगरमा नै खुशीयाली मनाएका छन् । जिल्लाको सदरमुकाम सल्लेरी हँदै गुदेल माध्यमिक विद्यालय जोड्ने सडक खण्ड मध्ये देउसा–१ दिप्लिघाट र पावै–८ खोर्दा स्थित दुधकोशी खोलामा सामान्य मार्ग निर्माण गरि पावैमा जीप र ट्याक्टर लगिएको हो ।

कोशीपारीका गाविस भौगोलिक रुपमा पनि सदरमुकाम भन्दा टाढा रहेका तथा विकासका काममा कठिनाई हुने भएकोले त्यस क्षेत्रका बासिन्दाहरुले गाउँलाई सडक सञ्जालले जोड्ने कुरा नसोचेका भएपनि अहिले गाडी आएपछि खुशीयाली छाएको हो ।  

अहिले दुधकोशी पारीको ५ गाविस मध्ये पावै गाविसम्म कच्ची सडक पुगिसकेकोले अब सडक निर्माण समितिले पावै गाविसदेखि छेस्काम पुग्ने प्रस्तावित कुलुङ राजमार्ग निर्माणको काम गर्ने जनाएको छ । सांसद बलबहादुर केसीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच एउटा ट्याक्टर र एउटा जीप दुधकोशी खोला पार गराई पावै पु¥याइएको हो । निर्मानाधिन सडक खण्ड पावै–९ स्थित बरबोट आधारभुत विद्यालय नजिकसम्मको ट्रयाक खोल्ले काम सकिएको छ भने सडक विस्तारको काम पनि तीव्र बनाइएको छ । 

 

​सोलुको कर्णाली क्षेत्र, अब त आँगनमा नै नुन आउने भो

​सोलुको कर्णाली क्षेत्र, अब त आँगनमा नै नुन आउने भो

​सोलुको कर्णाली क्षेत्र, अब त आँगनमा नै नुन आउने भो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया