MENU

राजनीति

USAID

प्रधानमन्त्रीले आज पनि भने - निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ

नवलपरासी, फागुन ६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ । गएको केही दिनदेखि प्रधानमन्त्री आफू उपस्थित हुने कार्यक्रमहरुमा छिट्टै निर्वाचनको मिति घोषणा हुने बताउँदै आउनुभएको छ । 

शुक्रबार नवलपरासीको प्रगतिनगरमा आयोजित प्रथम ऐतिहासिक देवचुली महोत्सवको  उद्घाटन कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताउनुभएको हो । उहाँले छिट्टै भनेको कहिले हो भन्ने खुलाउनुभएन । 

‘सरकार र प्रमुख प्रतिपक्ष दलसँग चुनावको मिति घोषणा गर्र्ने बिषयमा सहमति भएकाले सोही अनुसार छिट्टै चुनावको मिति घोषणा हुन्छ’  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘स्थानीय  तहसहितको तीनै तहको निर्वाचनले मात्र संविधान कार्यान्वयन हुन्छ, हामी सबै त्यही स्पिरिडका साथ अगाडि बढेका छौं ।’

गणतन्त्रसहितको परिवर्तन संस्थागत गर्नका लागि पनि चुनाव मुख्य कुरा भएकोमा प्रधानमन्त्रीले जोड दिनु भयो ।  सरकारले मधेसी जनजाति, दलित उत्पीडित वर्गका एजेण्डा सकेसम्म सम्बोधन गर्न लागेकाले सबैले चुनावको माहौल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

‘राजनीतिक स्थिरताले मात्र आर्थिक समृद्धिको मागलाई सम्बोधन गर्ने भएकाले राजनैतिक स्थिरताका लागि चुनाव महत्वपूर्ण हो, त्यसमा सबै केन्द्रित हुन म आग्रह गर्दछु’  प्रधानमन्त्रीले भन्नुभयो, ‘चीन तर्फका  नाका सुचारु गर्न मैले पहलकदमी लिएको छु ।’

युवा अबस्था र भूमिगत राजनीतिको सुरुका दिन नवलपरासीमा बितेको भन्दै उहाँले चार नम्बर प्रदेशको नवलपुर क्षेत्रलाई छुट्टै जिल्लाको रुपमा हेरिएको बताउनु भयो । ‘यो नवलपुर प्रदेश चार नम्बर प्रदेश भित्रको पनि महत्वपूर्ण क्षेत्र हो । यसको विकासका लागि दलदले–कोखेटारबाट भिमाद हुँदै पोखरा पुग्ने सडक स्तरोन्नतिमा मेरो ध्यान जान्छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘साँस्कृतिक विविधता भएकाले यहाँको पर्यटन विकास र तराईको फाँटमा सिँचाईका कार्यक्रम सञ्चालन गर्न मेरो पुरै ध्यान गएको छ ।’  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया