MENU

राजनीति

Ncell Axiata
USAID

राप्रपा : पार्टीभित्र प्रजातान्त्रिक संस्कारलाई बलियो बनाउन जोड

 

काठमाडौं, फागुन ६ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लामो समयदेखि सङ्कटको भुमरीमा परेको मुलुकलाई समाधान दिन एकता महाधिवेशनमार्फत सबै नेता तथा कार्यकर्ता गोलबन्द हुन आवश्यक रहेको बताउनुभएको छ । 

राप्रपाको प्रथम एकता महाधिवेशनको शुक्रबार  भृकुटीमण्डपमा उद्घाटन गर्दै अध्यक्ष थापाले राष्ट्रवादीबीचको एकतामा जोड दिनुभयो । 

पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई कुनै समूहविशेषको पेवा बनाउने प्रवृत्तिको अन्त्यका लागि पार्टीभित्र प्रजातान्त्रिक संस्कारलाई बलियो तुल्याएर शक्ति सन्तुलन कायम राख्ने कामलाई आफूले सधैँ शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले असाधारण दिनका रुपमा रहेको राप्रपा एकता महाधिवेशनले दिएको एकताको सन्देशलाई दीर्घजीवी तुल्याउन आवश्यक रहेको बताउनुभयो । वरिष्ठ नेता पशुपतिशम्शेर जबराले ‘मुलुकको हित र जनताको भावनानुरुप अरु दलले काम गर्न नसकेकाले’ देशको विकासको नेतृत्व गर्न राप्रपा एक भएको हो भन्नुभयो । 

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको विकास र हितका लागि नेपाली राजनीतिमा राप्रपाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले नेपालको संविधान अपुरो र अधुरो रहेकाले त्यसलाई संशोधनको माध्यमबाट पूर्णता दिनुपर्नेमा जोड दिँदै एउटा क्षेत्र र समुदायविशेषको मात्र नभई समग्र नेपाली जनताको दलका रुपमा राप्रपालाई स्थापित गर्न नेताहरुलाई सुझाव दिनुभयो । 

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, राप्रपाका उपाध्यक्ष राजीव पराजुली र बुद्धिमान तामाङ, महासचिव राजेन्द्र लिङ्देन, नेता धवलशम्शेर राणा र टङ्क ढकाल, नेतृ कुन्तीकुमारी शाही, नयाँ शक्ति पार्टीका नेता गङ्गानारायण श्रेष्ठलगायतले राष्ट्रियता, स्वाधीनता, विकास र शान्तिका लागि राजनीतिक दलले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रदर्शनी मार्गको सडकमा आयोजना गरिएको एकता महाधिवेशनको उद्घाटन समारोहको नेपाल टेलिभिजनलगातका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहमा राष्ट्र र राष्ट्रियता प्रवद्र्धन गर्ने खालका गीत तथा सङ्गीत प्रस्तुत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अछामका सबै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

    अछाम, फागुन १६ – अछामका ७ वटै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । विद्यार्थी संगठनहरु बिच कुरा नमिल्दा जिल्लाका तीन वटा क्याम्पसमा तालाबन्दी भएकाले जिल्लाका सबै क्याम्पसमा चुनाव अनिश्चित भएको हो ।

  • स्थानीय चुनावका लागि दल दर्ताको काम सुरु

    काठमाडौं, फागुन १६ – स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

  • राजदूतमा सिफारिस तीन जनाको नाम फिर्ता हुने

    काठमाडौं, फागुन १६– राजदूतको सिफारिसमा परेका तीन जनाको नाम सरकारले संसदीय सुनुवाई समितिमा नपठाउने भएको छ । गएको सोमबार सिफारिसमा परेका युएईका लागि आशा लामा, ओमनका लागि शर्मिला पराजुली ढकाल र कतारका लागि रमेश कोइरालाको नाम फिर्ता लिने भएको हो ।

  • ठूला क्याम्पसमा चुनाव स्थगित हुने सम्भावना

    काठमाडौं, फागुन १६ – काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा बुधबार स्ववियु चुनाव नहुने सम्भावना बढेको छ ।

  • निर्वाचन आयोग आज पनि खुल्ने, दल दर्तासहित अरु काम हुने

    काठमाडौं, फागुन १६ – आज सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोगमा काम हुने भएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम समेत हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया