समाज
घर बनाइसकेका भूकम्पपीडितलाई तीन लाख एकैपटक दिइने
- Friday, Feb 17, 2017
- 20:05 PM ( 1 year ago )
- Total Views: 24.4 K
काठमाडौं, फागुन ६ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको तीन लाख रुपैयाँ एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो । पुनर्निर्माण गरिरहेका घरधनीलाई भने तीन किस्तामा रकम दिइनेछ ।
‘निर्देशक समितिको फागुन २ गतेको बैठकको निर्णय कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ, पुनर्निर्माण कोषलाई क्रियाशील बनाउन कोष प्रवाह संयन्त्र निर्माण गर्न निर्देशक समितिले दिएको निर्देशनअनुसार मस्यौदा तयार पारी पेस गर्न प्राधिकरणका सहसचिव जनार्दन गुरागाईँलाई जिम्मेवारी दिने, चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा भएको सामूहिक जमानीमा दिने भनिएको निव्र्याजी ऋण र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको कार्यविधिबमोजिमको सहुलियत बैंक ऋण सहज रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
भूकम्प प्रभावित १७ जिल्लाका पीडितको सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकाले ती जिल्लाका लाभग्राहीलाई सहज र सरल रुपबाट निजीआवास अनुदान रकम उपलब्ध गराउन समयमै कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । रासस
सम्बन्धित सामग्रीहरु
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
-
गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
बाँके, वैशाख ११ – नेपालगञ्जमा गुण्डा नाइकेको रुपमा परिचित रिगल ढकाल भनिने योग ढकाललाई कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
-
घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
वैशाख ११ – चार महिना अघिमात्रै मलेसिया आएका एक नेपाली समस्या परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का प्रदिप बिकलाई बिरामी पर्दा कम्पनीले उपचार नगर्ने र घर फर्किन खोज्दा पनि नदिने गरिपछि उहाँ समस्यामा पर्नुभएको हो ।
-
चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
खोटाङ, वैशाख ११ – जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा रासायनिक मल युरिया मिसावट भएको भन्दै सिलबन्दी गरिएको पसलबाट चिनीको नमुना संकलन गरेको छ ।
-
३३ किलो सुन तस्करी प्रकरण, २३ जनामाथि अनुसन्धान हुँदै
मोरङ, वैशाख ११ – सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गइरहेका बेला मोरङ प्रहरीले आज एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस