MENU

राजनीति

Ncell Axiata
USAID

संविधान संशोधन प्रस्तावको पक्ष र विपक्षमा दोहोरी

काठमाडौं, फागुन ६ – दलहरु संविधान संशोधन प्रस्तावको पक्ष र विपक्षमा फेरि विभाजित भएका छन् । सरकारले फागुन १० गते बस्ते संसद बैठकमा संशोधन प्रस्ताव छलफलका लागि पेश गर्ने आन्तरिक तयारी थालेसँगै दलहरु त्यसको पक्ष र विपक्षमा खरो रुपमा उत्रेका हुन् । 

राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिन पुगेका दलका शीर्ष नेताहरुले संशोधन प्रस्ताव अघि बढाउन हुने र नहुने पक्षमा विभाजित भएका हुन् । कांग्रेस, माओवादी र मधेसी दलहरुले सबैको भावना समेट्न संविधान संशोधन पारित गर्नुपर्ने धारणा राखे पनि एमाले र राप्रपाले अहिलको संशोधन प्रस्तावले देशको हित नगर्ने जिकिर गरे ।  

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयको महत्वपूर्ण कडीका रुपमा संशोधन रहेकाले त्यसलाई समथर्न गर्न राप्रपालाई आग्रह गर्नुभयो । उहाँले संविधान घोषणा हुनुअघि नै तीन दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संशोधन गर्ने प्रतिबद्धता जनाएको एमाले त्यसप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान कार्यान्वयका लागि तीन तहको चुनावमा जोड दिँदै त्यसका लागि संविधान संशोधन हुनुपर्ने उल्लेख गर्नुभयो । संशोधन प्रस्तावमा निर्णायक देखिएको राप्रपालाई सभापति देउवाले पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

महाधिवेशन उद्घाटन समारोहमा शुभकाना दिन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसअघि झै संशोधन प्रस्तावको विपक्षमा उभिनुभयो । उहाँले राप्रपालाई सही निर्णय लिने भन्दै प्रस्तावको विपक्षमा उभिने हौस्याउनुभयो । ओलीले संशोधन प्रस्तावले देशको हित र नागरिकको भावना नसमेट्ने जिकिर गर्नुभयो । राप्रपाका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका राप्रपाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

उहाँले अहिलको संशोधन प्रस्तावलाई जस्ताको त्यस्तै समर्थन गर्न नसक्ने जनाउ दिनुभयो । अब राप्रपाले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको सिद्धान्तलाई अंगिकार गर्दै हिन्दू राष्ट्रको पक्षमा उभिने थापाको भनाई छ । 

तराईका मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले संशोधन नभए यो संविधान पनि २०४७ सालको संविधान जस्तै हुने चेतावनी दिनुभयो । देशको शक्ति सन्तुलनको अवस्थालाई नसमेटेको संविधानले सार्थकता नपाउने भन्दै संशोधनसँग जोडेर उठाइएको राष्ट्रियताको नारा उचित नभएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अछामका सबै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

    अछाम, फागुन १६ – अछामका ७ वटै क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । विद्यार्थी संगठनहरु बिच कुरा नमिल्दा जिल्लाका तीन वटा क्याम्पसमा तालाबन्दी भएकाले जिल्लाका सबै क्याम्पसमा चुनाव अनिश्चित भएको हो ।

  • स्थानीय चुनावका लागि दल दर्ताको काम सुरु

    काठमाडौं, फागुन १६ – स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा दल दर्ताको काम सुरु भएको छ । सोमबार नेपाल समावेशी पार्टीले दल दर्ता गरेको छ । अरु केही दलले पनि दल दर्ताको लागि फारम लगेका छन् ।

  • राजदूतमा सिफारिस तीन जनाको नाम फिर्ता हुने

    काठमाडौं, फागुन १६– राजदूतको सिफारिसमा परेका तीन जनाको नाम सरकारले संसदीय सुनुवाई समितिमा नपठाउने भएको छ । गएको सोमबार सिफारिसमा परेका युएईका लागि आशा लामा, ओमनका लागि शर्मिला पराजुली ढकाल र कतारका लागि रमेश कोइरालाको नाम फिर्ता लिने भएको हो ।

  • ठूला क्याम्पसमा चुनाव स्थगित हुने सम्भावना

    काठमाडौं, फागुन १६ – काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा बुधबार स्ववियु चुनाव नहुने सम्भावना बढेको छ ।

  • निर्वाचन आयोग आज पनि खुल्ने, दल दर्तासहित अरु काम हुने

    काठमाडौं, फागुन १६ – आज सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोगमा काम हुने भएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम समेत हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया